१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

व्रत

लघुकथा

भवानी तिमल्सिना न्यौपाने

 

हैन !! यो घरका मान्छे के भएका हुन् कुन्नि ? कागले आन्द्रा तानुन्जेल सुतिरहन्छन्। छिमेकीका घरमा बुहारीले बिहानको धन्दा सकेर पुजाको घण्टी बजाइसके। हाम्री अलच्छिना भने अझै सुतिरहेकी छे भन्दै तल्ला घरकी काईंली आमा फत्फताउँदै थिइन्। बेलुकी अबेरसम्म पढेर सुतेकी  सासूको आवाजले बिहानको मीठो निन्द्राबाट झल्याँस्स बिउँझिई।

– आमा, किन कराउनुभएको ? कति नै पो काम छ र ? हजुर चुप लाग्नुस् न म गरिहाल्छु नि।

– गर्छेस् तैले, काईंली आमाले झन् च्याठ्ठिदै भनिन् , “घाम डाँडामाथि पुगेपछि उठ्छेस्।” ऊ पल्लाघरे ठुलीकी बुहारी मन्दिर  गएर आइसकी। हाम्रा भने धर्मकर्मको नाम छैन।

आज साउनको पहिलो सोमबार !! नुहाइधुवाइ चोखो भएर व्रत बस्नुपर्ने। साउनमा हरियो चुरा, हरियो पोते, हरियै सारी चोलो लगाएर व्रत बस्यो भने श्रीमान्– श्रीमतीको सम्बन्ध सुमधुर हुनुको साथै आयु  पनि बढ्छ। आफ्नो श्रीमानको उन्नति– प्रगतिका लागि पनि व्रत बस्नुपर्ने। मैले त बिहेभन्दा अघि ्देखि नै यो व्रत बसेकी। होइन, माइतमा तेरी आमाले सिकाउनुभएको छैन कि के हो ?

विमलाले मलिन अनुहार लगाउँदै भनी – आ आमा, मलाई त यो सब मिथ्या लाग्छन्। सोमबार व्रत बसेर आयु बढ्ने भए हजुरको छोराले गर्भे टुहुरो बन्नु पर्थ्यो र।

प्रकाशित: १४ श्रावण २०७८ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App