२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

स्याबास

कविता

सोनाम सज्जन किराती  

 

नहुने बेलामा यही छोरा लगाम भा’ छ

रिस उठ्नु

झोक चल्नु  

मेरा कामव्यवहारमा ठेस पुग्नु

बाधा – ब्यावधान आउनु

यावत्– यावत्

जति पनि भैरहेछ  

छोराको चञ्चलता  

छुकछुकले बाधा उत्पन्न भा’छ  

 

अहिलेसम्म जिन्दगीलाई  

मैले मजाक मानिन

ख्यालठट्टा ठानिन  

जब मैले अनेकौं कुरीतिहरू देखे

रीतिहरू बिग्रिएर

सामाजिक सम्बन्धहरू कुहिए

दखलहरूको पहाडसित ठोक्किए

 

ठोकिदा –ठोकिदै  

छोराले आमाले भाइले दाजुले  

बहिनी र बाबाले

अर्थात् परिवारले बोकाएको जिम्मेवारीले थिच्छ

 

यसरी थिचिँदा

लाग्दो रहेछ

समाज अलि पर हुन्छ

राष्ट्र टाढिन खोज्छ

र म बिस्तारै जिम्मेवारी वहन वितरणमा  

परिपक्व हुन खोज्दै छु

त्यसरी हेर्दा आफू बिस्तारै  

कताकता हराइरहेछु कि जस्तो लाग्दोरहेछ  

मान्छेले सोच्छन्

देख्छन्  

यसको त छोरो छ

बाउ छ  

आमा भाइ बहिनीको

घमण्ड छ,गर्व गर्छ

तर म यी सब कुरा  

भ्रम मात्र  

हो भन्छु

सायद भ्रमभन्दा टाढा अन्तमा अरू के हुन सक्ला ?

मलाई यस्तैयस्तै चिन्तनहरूले सताइरहेछ  

भ्रमभन्दा ठूलो पक्कै  

त्यो भमरा–भमरीहरू समेत छैन

यसर्थ म त्यो भ्रमको संसार जलाएर  

जलाशयको जङ्घार बनाउन मन छ  

अँजुलीले उघाएर पिउँदा  

सानो भए पनि  

शीतलता मिल्ने  हिमाल भेटियोस्  

सम्पूर्ण प्यास

सधैंका लागि  

पिंधहरूबाट मेटियोस्  

त्यतिखेर भनौला सबै सबैलाई स्याबास !

प्रकाशित: १४ श्रावण २०७८ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App