१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'खरको छानोलाई जस्तापाता, बेरोजगारलाई सय दिनको रोजगारी'

गुर्भाकोट नगरपालिकाले बेरोजगार युवाहरुलाई वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने भएको छ। नगरपालिकाले गरिव, विपन्न र पछि परेका भूगोलका समुदाय र परिवारका बेरोजगार युवाहरुलाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अर्तगत रोजगार दिने नीति लिएको हो।

मलेसियामा दिलबहादुरको शव बेपत्ता

२०७२ भदौ ३० गते मलेसियामा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शव हालसम्म बेपत्ता अवस्थामा छ ।

मलेसिया रोजगारी खुलाउन पुनः आन्दोलन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम समझदारी (एमओयू) गरेको आठ महिना हुँदा पनि मलेसिया रोजगारी सुचारु नगरेपछि वैदेशिक रोजगार व्यवसायी संघले पुनः आन्दोलनको घोषणा गरेको छ। बन्द मलेसिया रोजगारी खुलाउन जेठ १७ देखि २३ सम्म वैदेशिक रोजगारीमा जाने युवाको हवाई उडान बन्द गर्दा पनि मन्त्रालयले कुनै चासो नदिएपछि पुनः आन्दोलनको घोषणा गरेको संघले जनाएको छ।

विदेशी जेलमा पाँच सय ३२ नेपाली

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्।

६ करोड ठग्ने पक्राउ

वैदेशिक रोजगारीका क्रममा सिंगापुर पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६ करोड भन्दा बढी ठगीमा संलग्न प्रविण पौडेल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशालनगरस्थित ‘द अप्रेन्टिक फर्म’का सञ्चालक ३४ वर्षीय पौडेललाई हेटौंडाबाट पक्राउ गरेको हो ।

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

सीप नसिकी विदेश जान नपाइने

सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ। सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ। राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुनु आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन। बरु तालिमको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ।

मानव बेचबिखन गर्ने दुई जना पक्राउ

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ।

यूएईसँग श्रम समझदारी, ३० दिनको उपदान र वैकल्पिक रोजगारीको ग्यारेन्टी

नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

विदेशी जेलमा पाँच सय ३२ नेपाली

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये अहिले पाँच सय ३२ जना जेलमा परेका छन्।आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका युवाले कानुन विपरीत कार्य गरेपछि जेलमा परेका हुन्। कतिपय परिबन्दले पनि जेलमा पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीको क्रममा विभिन्न मुलुकमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार हाल वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक गएका युवामध्ये जेल पर्नेको संख्या पाँच सय ३२ पुगेको छ। हाल सबैभन्दा बढी मलेसियाको जेलमा छन्।

मलेसियाली मानव संशाधन मन्त्रालयको प्रस्ताव गृहद्वारा अस्वीकार

नयाँ कामदार भर्ना प्रक्रिया, स्वास्थ्य परीक्षण, भेंडर परिवर्तन लगायतका विषय मलेसियाली मानव संशाधन मन्त्रालय मातहत ल्याउने प्रस्ताव फेरी एकपल्ट असफल भएको छ।

विदेशः बाध्यता कि ‘फेसन’ ?

विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र इज्जतपूर्वक बा“च्ने आधार हाम्रै देशमा छन्। तर हामी कहिल्यै सकारात्मक हुन सकेनौँ। आफ्नै देशभित्र अलिकति पनि दुःख गर्न, धैर्य गर्न र लगनशील हुन कहिल्यै जानेनौँ।

बागमतीद्वारा एक सय १७ लाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका एक सय १७ जनालाई एक महिने रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको बागमती नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निलम कुश्वाहले जानकारी दिए । चालू आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम सञ्चालन भएकाले एक महिनाका लागि मात्र रोजगारी दिइएको उनले बताए ।

रसुवामा एक सय तीनलाई रोजगारी

रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।

चर्चा पाउन मरिसससँग गरिएको एउटा अर्को 'उधारो' श्रम समझदारी

अफ्रिकन मुलुक मरिसससँग नेपालले गरेको श्रम समझदारीको समाचारले हिजो र आज धेरै मिडिया श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्