६ आश्विन २०८१ आइतबार
image/svg+xml

नवौं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथरको फिदिममा पुस ७ गतेबाट सुरु हुने रुस्लान नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिता फिदिम उच्च माविको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रिय टोली, मोफसलका उत्कृष्ठ टोली र एउटा बिदेशी टोलीको समेत सहभागिता रहेको छ।

मनाङलाई मनमोहन गोल्डकप

त्रिभुवन आर्मी क्लब काठमाडौंलाई  २–१ ले हराउँदै शनिबार सुनसरीको दुहबीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । दर्शकको बाक्लो जमघट रहेको खेलको १७औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहिलो गोल गरे पनि २६औं मिनेटमा मनाङ मर्स्याङ्दीका विशाल राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

दुहबी गोल्डकपको उपाधिका लागि आर्मी–मनाङ भिड्दै

दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दैछन्। दुहबी रंगशालामा खेल दिउसो साढे २ बजेबाट सुरु हुनेछ। झापामा आयोजना भएका पखिल्ला २ खेलको फाइनलमा आर्मीसँग भिडेको मनाङ दुबै खेलमा पराजित भएको थियो ।

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो ।

दुहबी गोल्डकपमा आर्मी र रुपन्देही भिड्दै

सुनसरीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बिभागीय टोली त्रिभुवन आर्मी र अग्नी रुपन्देही ११ बिच प्रतिस्पर्धा हुदैछ । दुहबी रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन । मोरङ ११ लाइ हराउदै आर्मी र हिमालयन शेर्पा क्लबलाई हराउदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका थिए ।

आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकपको उपाधि सयपत्रीलाई

इलामको लारुम्बामा सम्पन्न दशौँ आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लब यासोक पाँचथरले जितेको छ ।

दुहवी गोल्डकपको खेल तालिका सार्वजनिक

सुनसरीको दुहवीमा मंसिर २३ गतेबाट सञ्चालन हुने दोश्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपालका ‘ए‘ डिभिजन टोलीसहित ८ टोलीले सहभागिता जनाउने प्रतियोगिता पुस १ गते सम्म सञ्चालन हुनेछ।

नवौं फाल्गुनन्द गोल्डकप पुस ७ देखि हुने

पूर्वी पहाडी जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप यही पुसा ७ देखि १५ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताको यो ९औं संस्करण हो ।

आर्मीलाई काँकडभिट्टा गोल्डकप उपाधि

टाइब्रेकरमा गोलरक्षक विकेश कुथुले आफ्नो कला देखाउँदा त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको तेस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका तीन खेलाडीको पेनाल्टी रोकेर विकेशले टिमलाई एक साताभित्रै झापामा दोस्रो उपाधि दिलाएका हुन्।

पूर्वकै ठूलो नगद राशिको मदन भण्डारी गोल्डकप हुने

पूर्वकै पुरानो राष्ट्रिय जागृति क्लबले सबैभन्दा बढी नगद राशि पुरस्कारसहित अन्तर्राष्ट्रिय मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

मतदान अधिकृतले गोला प्रथाबाट केन्द्र छाने

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ।

अज्ञात समूहको गोली प्रहारबाट सिरहामा दुई प्रहरी घाइते

सिरहाको कल्याणपुर ५ निर्दनामा प्रहरीमाथी अज्ञात समूहले गोली प्रहार गरेको छ। प्रहरीको चेक जाँचको क्रममा मोटरसाइकलमा आएका २ जनाले प्रहरीलाई लक्षित गरेर गोली प्रहार गरेका थिए।

गोलाप्रथाबाट मतदान अधिकृत छनौट

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको गोलाप्रथाबाट छनौट गरेको छ ।

रियालको जितमा रोनाल्डोको २ गोल

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित साबिक विजेता रियाल मड्रिडले मंगलबार एपोइलमाथि ६–० को सहज जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

हेटौंडा गोल्डकपमा ८ टोली

हेटौंडा टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको तेस्रो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्ने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजनका तीन क्लब र एक विदेशी क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा गत वर्ष १० टोलीले भाग लिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्