१९ असार २०८१ बुधबार
image/svg+xml

आमा बनेपछिको सफलता

समानता र अनेकताकासाथै मातृत्वपछिको भूमिकाबारे अझ प्रष्ट पार्न र अनुभव आदानप्रदान गर्न नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीलले तीन जना प्रेरणादायक महिलाहरु नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का, भाइनेटकी कार्यकारी निर्देशक सेवा पाठक र स्त्री रोग विशेषज्ञ डाक्टर किरन रेग्मीसँग कुराकानी गरेकी छन्।

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

मेलम्चीको १४ किलोमिटर सुरुङमा पानी भरियो

कार्यकारी निर्देशक खत्रीले २६ किलोमिटर सुरुङमध्ये हालसम्म १४ किलोमिटरमा पानी भरिएको बताए। ‘१४ किलोमिटर सुरुङमा पानी भरिइसकेको छ,’ उनले भने, ‘१८ किलोमिटसम्म पानी पुगेको छ।’ आयोजनाले फागुन २६ गतेभित्र पानी सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टमा आउने जनाएको छ।

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

विद्युत प्राधिकरण निमित्तकै भरमा !

गत शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठकमा एनइए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्