१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई खर्ब सहुलियतपूर्ण कर्जा बक्यौता

सहुलियतपूर्ण कर्जा लिएका ऋणीहरूले समयमा नतिरेपछि कर्जा बापतको करिब दुई खर्ब रूपैयाँ बक्यौता रहेको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले करिब दुई खर्ब रूपैयाँ सहुलियत कर्जा प्रदान गरेका छन्।

जातीय विभेद अन्त्य गर्न समावेशीकरण

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा गर्‍यो, जसले श्रम गर्‍यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछुत बनाइयो।

सिरहामा एनएमबिको ११औं विस्तारित काउन्टर

एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई लक्षित गरेर सिरहा नरहा–३ स्थित हिमालय सुगर मिल्स परिसरमा ११औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ।

ग्लोबल आइएमई बैंकको सम्झौता

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता भएको छ। बैंकले हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

प्रत्येक पालिकामा पाँच सय बेरोजगारलाई सहुलियत कर्जा

स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।

९० हजारले लिए सहुलियतपूर्ण कर्जा

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्म ८९ हजार आठ सय ७९ ले विभिन्न बैंकमार्फत सहुलियतपूर्ण कर्जा लिएका छन्।

महिला उद्यमीले २२ अर्ब सहुलियत कर्जा लिए

सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी छन्। सरकारले तीन वर्षदेखि १० प्रकारका शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। राष्ट्र बैंकका अनुसार महिलाका लागि हालसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रूपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन्। गत असारसम्म बैंकहरूले उद्यमी महिलालाई चार अर्ब ३५ करोड रूपैयाँ प्रवाह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्