७ चैत्र २०८२ शनिबार
image/svg+xml

ताप्लेजुङमा एसइईका लागि ११ परीक्षा केन्द्र

ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्।

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

थाइल्यान्डमा आयोजित अनौठो ‘डेथ फेस्ट’ नामक कार्यक्रमले मानिसहरूलाई जीवनको अन्तिम सत्य अर्थात् मृत्युबारे खुलेर सोच्न र स्वीकार गर्न प्रेरित गरिरहेको छ।

ट्रम्प-सी भेटअघि व्यापार वार्ता

अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूले वार्ता सुरु गरेका छन्।

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीमा कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेको गुनासो गरेकी छन्।

इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुन्छ : दीपकराज गिरी

कलाकार दीपकराज गिरीले वर्तमानका सांसदमा परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको श्रेय माओवादी 'जनयुद्ध'लाई दिएका छन्।

वन डढेलो नियन्त्रण दस्ता नियुक्त

अर्घाखाँचीमा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह’ शुभारम्भ गरिएको छ।

बागमती सरकारको आठ महिनाको खर्च १७.१२ प्रतिशत

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ।

बिमाबारे जनचेतना जगाउन भिडियो प्रतियोगिता गर्दै बोर्ड

बोर्डले आज सूचना निकालेर स्वास्थ्य बीमाको महत्वबारे अधिकतम १ मिनेटको भिडियो बनाएर आफ्नो टिकटक वा फेसबुक रिलमा पोस्ट गरी सहभागी हुन सकिने बताएको छ।

नवलपरासी कारागारका १८० कैदी अझै फरार

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन्।

होर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षा गर्ने कुनै मनसाय छैन : जापानी प्रधानमन्त्री

जापानका प्रधानमन्त्री सानाओ ताकाइचीले हाल होर्मुज स्ट्रेटबाट गुज्रने तेल ट्याङ्करहरूको सुरक्षाका लागि आफ्नो नौसेना पठाउने कुनै मनसाय नरहेको बताएकी छन्।

होर्मुज स्ट्रेट बन्द : विश्व ऊर्जा बजारमा दबाब

इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ।

सुर्खेतमा दुई बालबालिकासहित आमा बेपत्ता, भेरी किनारमा भेटियो झोला र मोबाइल

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले खोजी अभियान सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्