२ चैत्र २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

बिमाबारे जनचेतना जगाउन भिडियो प्रतियोगिता गर्दै बोर्ड

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको प्रचार-प्रसार तथा जनचेतना अभिवृद्धिका लागि भिडियो प्रतियोगिता गर्ने भएको छ। 

बोर्डले आज सूचना निकालेर स्वास्थ्य बीमाको महत्वबारे अधिकतम १ मिनेटको भिडियो बनाएर आफ्नो टिकटक वा फेसबुक रिलमा पोस्ट गरी सहभागी हुन सकिने बताएको छ।

उत्कृष्ट भिडियोका लागि प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ। इच्चुकले भिडियो पोष्ट गरी २०८२ चैत ०२ देखि २०८२ चैत १७ सम्म इमेल iec@hib.gov.np मा पठाउनु पर्ने छ। 

प्रकाशित: २ चैत्र २०८२ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App