८ वैशाख २०८१ शनिबार

तीर्थयात्री सवार ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। अन्य ३५ जना घाइते भएका छन्।

ईराकमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्।

लेक लागेर तीर्थयात्रीको मृत्यु

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन्।

मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु

शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका छन्।

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु

भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो।

गोसाइँकुण्डमा ५ हजार तीर्थयात्रीले मेला भरे

रसुवामा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले मेला भरेका छन्। नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लागेको मेलामा करिब ५ हजार जना तीर्थयात्रीले मेला भरेका हुन्।

नेपालको भविष्य

गुरु नानकको जीवनसँग जोडिएको करतारपुर पाकिस्तानमा पर्छ। भारतलगायत देशबाट त्यहाँ लाखौं सिख प्रार्थना गर्न जाने गर्छन्। तीर्थयात्रीलाई भिसाको झमेला नहोस् भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै त्यहाँ स्वतन्त्र आवातजावत गर्ने प्रबन्ध मिलाए। धार्मिक महोत्सवमा उनी आफैं सहभागी भए। संसारमा फैलिएका सिखहरूको मन जित्न इमरान सफल भएको गल्फ न्युजमा फर्हान बोकरीले विश्लेषण गरेका छन्।

गोसाइँकुण्ड मेलाका तीर्थयात्रीलाई दही वितरण

गोसाइँकुण्ड मेलाबाट फर्किएका तीर्थयात्रीलाई शुक्रबार दही वितरण गरिएको छ। जनैपूर्णिमा मेला भरेर फर्किएका दुई हजार तीन सय तीर्थयात्रीलाई नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति र उत्तरगया कालिका वृद्ध समाजद्वारा दही वितरण गरिएको हो।

गोसाइँकुण्ड पुगे नाै हजार तीर्थयात्री

चलेको मेलामा ९ हजार १ सय ९१ ले मेला भरेको नेपाली सेनाद्वारा संकलित तथ्यांकमा उल्लेख छ।

भारतबाट भित्रिए हजारौं ‘बाेलबम’

साउन महिनाभर नेपाल तथा भारतका शिवालयमा जल चढाउने तथा पूजा गर्ने भक्तहरूको भिड लाग्ने गर्छ । त्यस्ता भक्त एवं तीर्थयात्री बोलबम, डाकबम, दण्डवत बमलगायत उपनामले पुकारिन्छन् । भारतको सीतामढीनजिक मढिया मन्दिरमा जल चढाउन जिल्लास्थित बाग्मतीको नदीको जल उठाउन आएका तीर्थयात्रीले शनिबार दिनभर सर्लाहीको बाग्मती नदी किनार भरिभराउ बन्यो । हजारौं तीर्थयात्रीको भिडले बाग्मतीसहित पूर्व–पश्चिम राजमार्ग एवं सदरमुकाम मलंगवासम्मको राजमार्ग अस्तव्यस्त बनेको थियो ।

नौ हजार तीर्थयात्री मानसरोवर गए

रसुवागढी नाका हुँदै नौ हजारभन्दा बढी तीर्थयात्री मानसरोवर गएका छन्। गत वर्षदेखि रसुवागढी नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो। गत वर्ष सात हजार दुई सय ४७ र यो वर्षको जेठ २० सम्ममा एक हजार सात सय ८३ गरी नौ हजार ३० तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ। जसमा ९० प्रतिशत भारतीय तीर्थयात्री गएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिकाबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको को १ ख ४९३४ नं. को यात्रुबाहक बसले बुधबार विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्