हेलिकप्टर दुर्घटना अपडेटः शवहरु भोलिमात्रै काठमाडौं पठाइने
बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव बिहीबार बिहान काठमाडौं पठाइने भएको छ। बुधवार साँझ सवा ७ बजेसम्म ४ वटा शव मात्र सुकेटार विमानस्थलसम्म ल्याइएको र बाँकी ३ वटा शवको संकलन कार्य जारी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।