१९ आश्विन २०८१ शनिबार
image/svg+xml

फोरम लोकतान्त्रिकमा मन्त्री फेर्न दबाब

फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ । फोरम लोकतान्त्रिकको शनिबार र आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको प्रस्तुति राम्रो नरहेको भन्दै उनीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनुपर्ने सुझाव राखेका थिए ।

नेपाललाई जित्नैपर्ने दबाब

एएफसी यु–१६ छनोट चरणको दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्दा नेपाल ‘गर या मर’ को स्थितिमा हुनेछ । प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न नेपाललाई जितको विकल्प हुने छैन । यता भारत प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै अघिल्लो चरणको सम्भावना बलियो पार्ने दाउमा हुनेछ ।

उत्तर कोरियामाथि अझै दबाब बढाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरिया माथि अझै दबाब दिइने बताएका छन्।  आइतबार दुई नेताबीच भएको टेलिफोन संवादलाई उद्धृत गर्दै उत्तर कोरियामाथि थप आर्थिक तथा कुटनीतिक नाकाबन्दी लगाइने अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । उनीहरू बीच करिब २५ मिनेट लामो टेलिफोन संवाद भएको थियो ।

विद्यार्थीलाई मुद्दा फिर्ता लिन दबाब

चिकित्सा शिक्षातर्फ स्नताकोत्तर तह (पोष्ट ग्र्याजुयासन, पिजी) मा योग्यता सूचीका आधारमा भर्ना हुन पाऊँ भनि अदालतमा मुद्दा दर्ता गर्ने विद्यार्थीलाई मुद्दा फिर्ता लिन कलेज सञ्चालकले दबाब दिएका छन् । मुद्दाको अन्तिम सुनुवाइको पेसी तय भइसकेपछि युनिभर्सल कलेज सञ्चालकले विद्यार्थीहरूलाई मुद्दा फिर्ता लिन दबाब दिएका हुन् ।

सांसदलाई पेन्सन दिन दबाब

पूर्वसांसद मञ्चले संसदीय अभ्यास अपनाउने मुलुकहरूमा जस्तै नेपालमा पनि पूर्वसांसदलाई पेन्सनसहित सुविधा उपलब्ध गराउन राज्य व्यवस्था समितिमा निवेदन बुझाएको छ ।

सरकारको दबाबमा सम्बन्धन

त्रिवि उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री कार्यालयदेखि थुपै निकायले निरन्तर दबाबपछि आफूले 'पूर्वाधार नपुगेको' काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको बताएका छन्। प्रक्रियाविपरीत कार्यकारी परिषद्बाट ठाडै सम्बन्धन दिने निर्णयको बचाऊ गर्दै खनियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को ताकेतापछि यस्तो निर्णय गर्न बाध्य भएको बताएका हुन्।

चुनावमा जाने निर्णय गर्न दबाब

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अधिकांश पदाधिकारीले अगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुने औपचारिक र प्रस्ट निर्णय गर्न अध्यक्षमण्डललाई दबाब दिएका छन् ।

भ्रष्टाचारीले निर्वाचन लड्न पाउनुपर्ने दबाब

स्थानीय तह निर्वाचनसम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी ऐनमा भ्रष्टचारीको आरोपमा दोषी प्रमाणित भएर जेल सजाय पाएका व्यक्तिले आजीवन चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा निश्चित समयपछि भ्रष्टाचारीले चुनाव लड्न पाउने व्यवस्था गर्ने हो भने स्थानीय तह निर्वाचनसम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको अडान छ।

संशोधन विधेयक स्वीकारेर चुनावमा जान दबाब

राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

स्वार्थ र दबाबबिना निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको ध्यानाकर्षण

नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

गृहमन्त्रीको दबाबमा हेडक्वार्टर तानिए  डिएसपी कार्की

चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्की ‘हेडक्वार्टर’ तानिएका छन्।

जित्नैपर्ने दबाबमा भारत

भारतीय कप्तान विराट कोहलीले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने समूहचरणको अन्तिम खेलमा आफ्नो टोली दबाब चिर्दै अघि बढ्न सक्षम रहेको बताएका छन्।

उम्मेदवार घोषणा गर्न कार्यकर्ताको दबाब

स्थानीय तहको निर्वाचन मिति नजिकिए पनि राजनीतिक दलहरूले उम्मेदवार चयन गर्न नसक्दा कार्यकर्ता अन्योलमा परेका छन्। ढिलो गरी उम्मेदवारी घोषणा गरे चुनाव अभियानका लागि समय अपुग हुने र आफूहरू पछि पर्न सक्ने भन्ने चिन्ता दलका कार्यकर्ताको छ।

चर्को दबाबपछि चितवन बन्द फिर्ता

भरतपुरमा रोकिएको मत गणना सुरु गर्न माग गर्दै नेकपा (एमाले) चितवनले आज बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ। मध्यरातमा मतपत्र च्यातिएपछि गएको आइतबार रातिदेखि भरतपुरको मत गणना स्थगित छ।

धोनीको उपस्थिति विपक्षीलाई दबाब

स्टिभ स्मिथको राइजिङ पुने सुपरजायन्टले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जित्ने लक्ष्य पूरा गर्न आइतबार हैदराबादमा मुम्बई इन्डियन्ससँग खेल्दै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्