२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन

एलेक्स हल्सको १ सय ७१ रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा ४ सय ४४ रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ। इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन्।

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

गंगामाया अधिकारीलाई न्याय दिलाउन बालुवाटारमा धर्ना दिइरहेका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गंगामाया बचाउ अभियानअन्तर्गत धर्ना दिन पुगेका अधिकारकर्मी चरण प्रसाईँलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

अख्तियार आसपास प्रदर्शन गर्न बन्देज

जिल्ला प्रशासन कार्यालय काठमाडौंले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित पछिल्ला दिन अख्तियारअगाडि प्रदर्शन हुँदै आइरहेको थियो।

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल बाहिर प्रदर्शन

मंगलबार २ बजेसम्मका लागि नेविसंघ महाधिवेशन पुनःसुरु हुनुअघि अध्यक्ष प्रत्यासी कुन्दन काफ्ले समूहले भृकुटीमण्ड क्षेत्रमा प्रदर्शन गरेको छ। विधिवत महाधिवेशन र अनसनकारी विद्यार्थीको जीवन रक्षा माग गर्दै काफ्ले समूहले प्रदर्शन गरेको हो।

महावीरलाई सघाउन चित्र प्रदर्शनी

महावीर पुनको सहयोगार्थ राजधानीमा चित्रकला प्रदर्शनी हुने भएको छ। स्वतन्त्र चित्रकारहरुको एक समूहले प्रदर्शनी गर्दै सो चित्रकलाको बिक्रीबाट उठ्ने रकमको ५० प्रतिशत रकम महावीर पुनको अभियान 'आविष्कार केन्द्र'लाई प्रदान गर्न लागेको हो। 'भी नाइन्टिन' शीर्षकमा हुन लागेको प्रदर्शनी आउँदो सोमबार नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु हुनेछ।

मनसुन सम्वन्धी फोटो प्रदर्शन हुने

काठमाडौं- नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्दै आएको फोटो नेपाल प्रदर्शनी साउन २१ बाट २३ सम्म गर्ने भएको छ। प्रदर्शनी नेपाल पर्यटन बोर्डमा हुने फोटो नेपालका कार्यक्रम संयोजक सुधन सुवेदीले जनाए।

नेपाली प्रदर्शनमा सुधार

नेपाली महिला भलिबल टोली बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। तर, आफ्नै पुरानो प्रदर्शनमाथि भने जित निकाल्न सकेको छ। नेपालले भारतसँग अहिलेसम्म १७ भन्दा माथिको स्कोर बनाउन सकेको थिएन।

अख्तियार अगाडि डा. केसीका समर्थकको प्रदर्शन

डा. गोविन्द कोसीको समर्थकले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन्। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका समर्थकसहित आइओएमका विद्यार्थीकोसमेत सहभागीता रहेको छ।

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

बब्लीको प्रदर्शनीमा दीपाश्री

अघिपछि प्रायःजसो फिल्मी कार्यक्रममा सहभागी हुँदै आएकी कलाकार दीपाश्री निरौला बुधबार ठमेलस्थित एक आर्ट ग्यालरीमा झुल्किइन्। वास्तवमा सबैजना उनकै प्रतीक्षामा थिए। तर, त्यहाँ फिल्मको सुटिङ हुन लागेको भने थिएन।

डा. केसी अलायन्सले बिहीबार बानेश्वरमा मौन प्रदर्शन गर्ने

काठमाडाैं– सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले ६०१ सांसद बनेर बिहीबार बिहान १०:३० बजे नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएकाे छ।

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुलाइ २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

डा.केसीको पक्षमा इटहरीमा प्रदर्शन

इटहरी- दस दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार इटहरीमा युवाहरुले सरकारलाई दबाब दिएका छन्।

डा. केसीको समर्थनमा चितवनमा लगातार प्रदर्शन

चितवन– काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै मंगलबार पनि भरतपुरमा प्रदर्शन भएको छ। प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठी चोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो।

प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार पाल्पा सदरमुकाम तानसेनमा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाउँदै तानसेन परिक्रममा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्