समाज
अन्य
अख्तियार अगाडि डा. केसीका समर्थकको प्रदर्शन
काठमाडौं–डा. गोविन्द कोसीको समर्थकले सोमबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गरेका छन्। अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आयोग कार्यालय अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमो केसीका समर्थकसहित आइओएमका विद्यार्थीकोसमेत सहभागीता रहेको छ।
प्रदर्शनकारीले अख्तियारले अनावश्यक रुपमा मेडिकल शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको तथा डा. केसीलाई पागल भनेको विरोधमा प्रदर्शन गरेका हुन्। सोमबार अख्तियार अगाडि प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%