२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' भन्दै प्रदर्शन हुने

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा भोली शनिबार प्रदर्शन हुने भएको छ। 'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' नारा दिँदै शनिबार ११ बजे माइतिघरमा प्रदर्शन हुन लागेको हो।

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला

काठमाडौं– हामीनिटले कात्तिक ५, ६ र ७ गते ऊनी पश्मिना, कटन तथा विभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ।

युनाइटेडको संगठित प्रदर्शनमा रोकियो लिभरपुल

लिभरपुल (एएफपी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सोमबार इङ्लिस प्रिमियर लिगको खेलमा गोलरहित बराबरी नतिजा निकालेपछि आफ्नो टोलीले लिभरपुलका कमजोरी उदाङ्गो पारेको दावी गरेका छन्।

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्।

भाउजु हत्या पछि देवरद्वारा विष सेवन, प्रहरी विरूद्ध प्रदर्शन

एक महिलाको हत्याको विषयलाई लिएर १८ घण्टादेखि मृतकका आफन्तजनले घेराउ गर्दै आएको इलाका प्रहरी कार्यालय बेल्टारको तनाव सर्वपक्षीय वार्तापछि सामान्य बनेको छ।

डा. केसीको समर्थनमा सभामुख निवास अगाडि प्रदर्शन

चिकित्सा क्षेत्रमा सुधारका लागि दवाव थप्न नवौं पटकको अनसनमा रहेका डा. गोबिन्द केसीको समर्थनमा बिहीबार राजधानीमा प्रदर्शन भएको छ। सोलिडारिटि फर डा. केसी अलायन्सले बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको निवास अगाडि १ घण्टा ब्यानरसहित प्रदर्शन गरेको हो।

स्थानीय विकास अधिकारीलाई कारवाहीको माग गर्दै कलैयामा प्रदर्शन

बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेलाई कारवाहीको माग गर्दै कलैयाका स्थानीयवासीले जिल्ला विकास अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनीमा धार्मिक पुस्तक धेरै बिक्री

‘सफलताका लागि पुस्तकसँग प्रेम’ सन्देशसहित भृकुटीमण्डपमा जारी राष्ट्रिय पुस्तक मेलामा धार्मिक पुस्तक धेरै बिक्री भएको छ । चाडपर्वको बेला भएकाले पाठकले धार्मिक पुस्तक बढी किनेको मेला संयोजक पुण्यप्रसाद प्रसाईंले बताए ।

थरुहट पक्षधरद्वारा संविधानको विरोधमा प्रदर्शन

नयाँ संविधान जारी भएको खुसीयालीमा सबैतिर संविधान दिवस मनाइ रहँदा थरुहट पक्षधरले सोमबार धनगढीमा विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले ‘असोज ३, कालो दिन’ भन्दै कालो पट्टीबाँधेरकालो झण्डा सहितविरोध प्रदर्शन गरेका थिए।

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

नेपाली खेलाडीले अजरबैजानको बाकुमा जारी४२ औं चेस ओलम्पियाडको चौथो चरणमा मिश्रित प्रदर्शन गरेका छन्। पुरुष टोलीले दक्षिण कोरियासँग २–२ को बराबरी खेल्यो भने महिला टोलीले पनि बोत्सनासँग २–२ कै बराबरी खेलेको छ। तीन खेल खेलेका २०११ रेटेड फिडे मास्टर विलमलाल श्रेष्ठले जितलाई निरन्तर बनाए।

फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ। नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

नेपालको खराब प्रदर्शन जारी

नेपाल ४२औं चेस ओलम्पियाडको दोस्रो चरणमा पनि पराजित भएको छ। अजरबैजानको बाकुमा जारी प्रतियोगितामा वरियताक्रमको १ सय १४ औं स्थानमा रहेको नेपालको पुरुष, महिला दुवै टोली पराजित भएका छन्।

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

कलाकारमय बन्यो फोटो प्रदर्शनी

‘छक्का पन्जा’ फिल्मको प्रवर्द्धनमा व्यस्त रहेकी अभिनेत्री प्रियंका कार्की शनिबार एक्कासी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छुल्किइन्। फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी हेर्न उनी नेपाल आर्ट काउन्सिलमा पुगेकी हुन्।

सुरु भयो फोटो प्रदर्शनी

फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहिबार सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्