२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मनास्लु क्षेत्रमा हिउँ चितुवाका १३ वयस्क देखिए

हिउँ चितुवाबारे अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा हिउँ चितुवाका १३ वटा वयस्क र दुईवटा बच्चा देखिएको बताएका छन्।

हिमपहिरोले विरेन्द्र ताल फुट्यो, ठूलो जोखिम नरहेपनि सतर्कता अपनाउन आग्रह

आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ।

मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए। हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। शव सामागाउँ ल्याएर मुचुल्का गरी पोष्र्टमार्टमका लागि काठमाण्डौँ पठाइएको उनले बताए।

कोभिडले सुस्ताएको मनास्लु पदमार्गमा पर्यटक बढ्दो

गत आर्थिक वर्ष बढेको यो संख्या २०७५/७६ को भन्दा कम हो। उक्त वर्ष सात हजार छ सय ५५ जना बिदेशिले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। यो संख्या अहिलेसम्म कै धेरै हो। कोभिडको प्रभाव कम भएपछि पर्यटक बढ्न थालेको एमक्याप गोरखाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए।

पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अन्नपूर्ण र मनास्लुक्षेत्र आयोजनासँग आग्रह गरेका छन्।

धार्चे पनि समेटेर एमक्यापको म्याद थप्न माग

मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद सकिएको छ।

एमक्यापको म्याद सकियो, धार्चेमा पनि संरक्षण क्षेत्र विस्तारको माग

म्याद सकिएको डेढ वर्ष नाघिसक्दा समेत सरकारले म्याद थपको निर्णय गरेको छैन।

मनास्लु क्षेत्रमा २०५५ पछिको थोरै पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच आर्थिक वर्ष २०७७/०७८ मा एक सय ९४ जना पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।

मनास्लु क्षेत्रमा २३ वर्षपछिकै कम पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिड–१९ को त्रासका बीच २०७७÷०७८ मा जम्मा एकसय ९४ जना पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्