१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो

फोटो :मनास्लु हिमाल।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ।  

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए। हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। शव सामागाउँ ल्याएर मुचुल्का गरी पोष्र्टमार्टमका लागि काठमाण्डौँ पठाइएको उनले बताए।  

आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। यस अघि गत मंगलवार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो। उक्त हिमपहिरोमा एक जनाको मृत्यू भएको थियो भने १२ जना घाईते भएका थिए।  

अहिले मनास्लु हिमाल आरोहण गर्ने सिजन हो। किलर माउन्टेनको रुपमा चिनिने मनास्लुमा अहिले एक हजार भन्दाबढि शेर्पाहरु र चार सय हाराहारी हिमाल आरोही पुगेका छन्।

प्रकाशित: १७ आश्विन २०७९ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App