२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपहिरोले विरेन्द्र ताल फुट्यो, ठूलो जोखिम नरहेपनि सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

गोरखाको मनास्लु क्षेत्रमा रहेको विरेन्द्र ताल हिमपहिरोका कारण फुटेको छ। आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।

उनले हिमपहिरोका कारण ताल फुटेर बाढी आएको भएपनि जनधनको क्षति भने नभएको बताए।

ताल भएको क्षेत्रनजिक बस्ती नभएको र तालको आसपासका क्षेत्रमा रहेका बस्तीलाई सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन भनिएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वासुदेव पाठकका अनुसार ताल फुटेर आएको बाढीले एउटा कच्ची पुल बगाएको छ।

उनले ताल फुटेर ठूलो बाढी नआएका कारण डराउनुपर्ने अवस्था नरहेको भन्दै जोखिमलाई ध्यानमा राखी आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको बताए।

प्रकाशित: ९ वैशाख २०८१ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App