२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताएका छन्।

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन्।

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्।

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।

मन्त्री आलेविरुद्ध षड्यन्त्रः सचिवालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।

प्राधिकरण पुगेर हाजिर नगरी फर्किए महानिर्देशक राजकुमार क्षेत्री

सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका छन्।

क्षेत्री हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश

राजकुमार क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अतिक्रमित जग्गा फिर्ता ल्याउन नसके पदमा बस्दिनँः मन्त्री आले

पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गा अतिक्रमण भइरहेको जानकारी दिँदै मन्त्री आलेले अतिक्रमण भएको जग्गा फिर्ता गराएरै छाड्ने दृढता पनि व्यक्त गरे। पदमा बसुन्जेल इमानदारीपूर्वक देशका लागि काम गर्ने उनको भनाइ थियो।

राज्यको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पद छोड्छु: पर्यटनमन्त्री

प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।

मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आलेको आक्रामक अभियानः रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ, पर्यटनमन्त्री

नियमानुसार हुन आउने रकम बराबरको रोयल्टी नबुझाउने केही क्यासिनो कारबाहीको डरले निवेदनसहित पर्यटन विभाग धाउन थालेको समेत मन्त्री आलेले बताए ।

याक एण्ड यतिको इजाजत रद्द

सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्