८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई बिहीबार मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सो अवसरमा मन्त्री आलेलाई जानकारी गराएका थिए। सो अवसरमा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको मन्त्री आलेको सचिवालयले जनाएको छ।

प्रकाशित: २८ माघ २०७८ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App