१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णाली प्रदेश : तेस्रो पटक संसद बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक लगातार तेस्रो पटक सूचना टाँस गरेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताबका साथै मन्त्री र सांसदहरुको सेवा सुविधा सम्वन्धी विधेयक संसदमा दर्ता गराउनुपर्ने माग गर्दै असोज २३ गते संसद बैठक अवरुद्ध गरेपछि त्यसयताका तीन वटा बैठक संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो।

राजधानी विवाद सर्वोच्चसम्म

प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतले प्रदेशको राजधानी गोदावरी वडा नं २ र ४ राख्ने गरेको निर्णयको विवाद संसद् र सडक हुँदै न्यायालयसम्म पुगेको छ।

प्रदेशसभाको प्रभावकारिता

प्रदेश नं. १ को बर्खे अधिवेशन मंंगलबार रातिदेखि सकिएको छ। जेठ १७ बाट सुरु भई १३० दिन चलेको अधिवेशनभर ५२ वटा बैठक भए।

प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश नम्बर १ को प्रदेशसभाको दोस्रो अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेष्ठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठक ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए।

जंगल मासेर राजधानी बनाउन खोजेको भन्दै प्रदर्शन

प्रदेश ७ को राजधानी गोदावरी–४ तेघरीमा बनाउने प्रस्ताव संसद्मा पेस भएपछि जंगल फँडानी गरेर राजधानी बनाउन लागेको भन्दै विरोध भएको छ । प्रदेशसभामा राजधानी र नामकरणका बारेमा छलफल भइरहेका बेला त्यसबाहिर धनगढीवासीले टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका छन्।

‘बलात्कार र हत्याका घटनाप्रति सरकार उदासीन’

प्रदेश ३ का सांसदहरूले बलात्कार र हत्याका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोलेका १९ मध्ये अधिकांश सांसदले बलात्कार र हत्याप्रति संघीय र प्रदेश सरकार गम्भीर नभएको भन्दै गुनासो गरेका हुन्।

विकासको नेतृत्व लिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई विकासको नेतृत्व लिन आग्रह गरेका छन्।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

लोकलाजले थन्कियो जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयक

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासुविधासम्बन्धी व्यवस्था बनेको विधेयक करिब दुई महिनादेखि अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिमा रोकिएको छ। यो विधेयक अन्य कुनै कारणले नभई प्रदेश सरकारले प्रस्ताव गरेको तलब, सेवा र सुविधामा चित्त नबुझ्दा अड्किएको हो।

बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेशसभा ३ का सांसदहरूले बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशसभाको दोस्रो अधिवेशनको ४३ औं बैठकको विशेष समयमा बोल्ने १५ मध्ये ९ सांसदले बाढीपहिरोको विषयमा धारणा राखेका हुन्।

‘विजनेश’ नपाउँदा कर्णाली प्रदेशको संसद बैठक स्थगित

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा न्यून सांसदहरूको उपस्थिति थियो। ४० सदस्यीय प्रदेशसभाका सांसद मध्ये २१ जना मात्रै उपस्थित थिए। संसद बैठक २४ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो। विजनेश नहुँदा सांसदहरू घट्दै गएको सचिवालयले जनाएको छ।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण

गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् ।

प्रदेशसभाले पूर्णता पायो

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो।

राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक

उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ । उच्च अदालत हेटौंडाका न्यायाधीश चिन्तामणि बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्