१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा सरकार किन उदासिन ? (भिडियाे)

केही दशकदेखि वैदेशिक रोजगार नेपाली संस्कृतिको एउटा पाटो झैं बनिसकेको छ। विदेशमा गएर कमाएको पैसाले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। स्वास्थ्य, शिक्षा आदिमा विपन्न र गरिब नेपालीको पनि पहुँच बढेको छ।

इँटाभट्टामा पाँच लाखभन्दा बढीलाई रोजगारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालित इँटाभट्टामा पाँच लाखभन्दा बढी मजदुरलाई रोजगारी मिलेको छ। उद्योगीहरूका अनुसार एक इँटाभट्टा सञ्चालन गर्न झण्डै पाँच हजार मजदुर आवश्यक पर्छन्। नेपाल इँटा उद्योग व्यवसायी संघको तथ्यांक अनुसार उपत्यकामा यो वर्ष एक सय १० इँटाभट्टा सञ्चालन भएका छन्।

मलेसियामा दुबै मृगौला फेल भएका राजकुमारलाई जुट्न थाल्यो आर्थिक सहयोग

रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।

गन्तव्य जापान

देशमा सियोदेखि सुनसम्म विदेशबाट ल्याएर गुजारा गर्नुपर्ने अवस्था छ। आयातित वस्तु उपभोग गर्ने क्षमता भने रेमिट्यान्स अर्थतन्त्रले दिएको छ। कालो बादलमा चाँदीको घेरा भनेझैँ यतिखेर सन्तोष गर्ने निकै थोरै क्षेत्रमध्ये रेमिट्यान्स हो।

मलेसियामा राेजगारी नखोल्दा अर्बौं गुम्दै

नेपाली युवाको पहिलो गन्तव्य मलेसिया रोजगारी नखोल्दा नेपाल भित्रिने अर्बौं रेमिट्यान्स गुमिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउने संस्थाले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारी बन्द गरेको छ।

गाउँपालिकाले दियो तीन सयबढीलाई रोजगारी

महाशिला गाउँपालिकाले एकै पटक सयबढीलाई रोजगारीको व्यवस्था मिलाएको छ। गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत ३ सय ६६ जनालाई रोजगारी दिएको हो।

‘पर्याप्त अनुगमन र कानुन कार्यान्वयन हुन नसक्नु बाधक’

वैदेशिक रोजगारी मर्यादित, व्यवस्थित र पारदर्शी हुन नसक्नुमा भएका कानुन कार्यान्वयन नहुनु तथा कमजोर अनुगमनलाई मुख्य बाधकको रूपमा लिइएको छ।

दैनिक दुई सयजनाको लर्को

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम व्यवसाय गर्न १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने निर्णय सार्वजनिक गरेपछि दैनिक दुई सय हाराहारीको संख्यामा निवेदन परेको छ।

युवाको जीवन धरापमा राख्ने अवस्था हटदैछः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने दाबी गरेका छन् ।

शान्ति सम्झौताविपरीत भगतलाई सैनिक अदालतद्वारा सजाय

श्रीमती गीता भगत वैदेशिक रोजगारीका लागि गएका बेला प्यारालाइसिस भएपछि उतै उपचाररत छिन। दुईमध्ये १२ वर्षीय जेठो छोरा १२ रक्त क्यान्सर पीडित छ। उसको उपचार गराउने खर्च छैन, घरमा वृद्ध बाबुआमा छन, जो कमाई खान सक्दैनन्, खेती किसान गरेर कमाई खुवाउने झलक भनिने झलकुमार महतो भने भीमफेदी कारागारमा छन्।

ठगी आरोपितलाई अदालतबाट सफाइ

सिन्डिकेट खडा गरी मलेसिया जाने कामदार ठगी गरेको आरोपमा मलेसिया–भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाइ दिएको छ।

'साउदीमा समस्या भए दुतावास जानुस्'

साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ।

पाेल पाेलमा प्रधानमन्त्री र मेरा पाेष्टर श्रमिकले टाँगेका हुन्ः श्रम मन्त्री विष्ट (भिडियाे)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा याेजनाकाे घाेषणा कार्यक्रममा राजधानीका पाेल पाेलमा  टासिएका पाेष्टर सरकारी खर्चमा नगरिएकाे दाबी गरेका छन।बुधबार नागरिक नेटवर्कको प्रत्यक्ष संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै उनले अाम श्रमिकले बनाएर पाेलहरूमा टाँसेकाे दाबी उनले गरे।

वैदेशिक रोजगारीले बढाउँदै पारीवारिक विखण्डन

रोजगारीका लागि मलेसिया गएका छोरा उतै बेपत्ता भएपछि धादिङको सिद्धलेक गाउँपालिकामा पर्ने कुम्पुरकी देवकी पण्डितलाई न दिनमा भोक लाग्छ न रातमा निद्रा।

प्रतिपक्षले थाल्यो विरोध

नेपाल र मलेसियाबीच समझदारी भएको एक महिना बित्दा समेत कामदार पठाउने प्रक्रिया सुरु नभएपछि प्रतिपक्षी दलहरुले सरकारको विरोध सुरु गरेका छन्। कामदार पठाउन मलेसियाले पटकपटक पत्राचार गरे पनि सरकारले बेवास्ता गरेपछि विपक्षीले विरोध सुरु गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्