२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक

कुमारी रथजात्राको छेको पारेर नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक गरिएको छ। वरिष्ठ उपन्यासकार मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यास बिहीबार पाँच पूर्वकुमारीले संयुक्त रूपमा विमोचन गरेका हुन्। उक्त उपन्यासमा कुमारीको ऐतिहासिक–सांस्कृतिक पक्षको उजागार गरिएको छ।

हावडामा भानुभक्त मार्ग नामकरण

हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ।

स्रष्टा समाजको सातै प्रदेशमा संयोजक

विसं २०६४ मा स्थापना भएको नेपाल स्रष्टा समाजको वर्तमान कार्य समितिले एक वर्ष पूरा गरेकाे अवसरमा सातै प्रदेशमा संयोजकहरूको व्यवस्था गरेको छ।

ढुंगेल, श्रेष्ठ र भट्टराई सम्मानित

पण्डित काशिनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानले प्राडा पूर्णचन्द्र ढुंगेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराईलाई सम्मानित गरेको छ।

अर्घाखाँचीमा भैरव नाच सुरु

अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।

क्यानडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य

नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ। निर्धारित तालिकाअनुसार अक्टोबर १ मा नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ।

अन्तिम सेलोको पदचाप

कवि योन्जनले यस संग्रहमा तामाङ जातिका संस्कृति, मिथक र परम्परालाई आफ्नो कवितामा प्रविष्टि दिएका छन्। कवि सरल, सहज र सुबोध लाग्छन्। गीतिमयता उनको गुण हो। विम्ब र प्रतीकका झुन्ड कवितामा छैनन्।

एक प्रेमिल सम्बोधन

पोखरालाई साहित्यिक वृत्तमा ‘मुक्तकको सहर’ भनेर पनि चिनिन्छ। तीसको दशकमा ‘टिकटमा मुक्तक’ कार्यक्रम आयोजना गरेर पोखराले मुक्तकलाई सिर्जना उत्सवका रूपमा मनाउन थालेको भेटिन्छ। त्यसैले पनि होला, पोखराको सुन्दरतामाथि मुक्तकीय सुन्दरता सुनमा सुगन्ध बनेर सजिएको छ साहित्यिक जगत्मा।

दलालले भताभुङ्ग पारेको अमेरिका सपना

‘हामी बन्धक अनि असुरक्षित छौं। हामीसँग नेपाल फर्कन पैसा पनि छैन। फेरि एजेन्टलाई २० लाख रुपैयाँ चाहिन्छ रे। हामीसँग पैसा नभएकाले गाली मात्र गर्छन्। पैसा दिन नसकेको भनी जाम्बियनले शारीरिक–मानसिक यातना दिइरहेको छ। के गर्ने बुबा?’ छोराहरूको भनाइ उद्धृत गर्दै बुबाले भने।

बत्ती बाल्न बिर्सिएको त्यो साँझ

त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।

भक्तपुरमा छन्द कविता

समग्र अध्ययन अनुसन्धान केन्द्र, नेपालको आयोजनामा संविधान दिवसका अवसरमा कमलविनायक, भक्तपुर स्थित रोम्बस कलेजमा साहित्य सञ्चार कार्यक्रमको पहिलो श्रृंखलामा छन्द कविता वाचन भएको छ।

मगर आदिकवि थापाको जन्मजयन्ती

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ।

वर्णविन्यास मुद्दामा एमिकस क्युरी माग

सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै दर्ता भएको रिट निवेदनमा एमिकस क्युरी (अदालतलाई राय दिने विज्ञ) मगाउने आदेश गरेको छ।

विज्ञान र प्रविधिको अपरिहार्यतामाथि विमर्श

एघारौं विज्ञान दिवसको उपलक्ष्यमा मानववादी समाज (सोच) नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संयुक्त रूपमा सबैको लागि विज्ञान विषयक विमर्श कार्यक्रमको आयोजना गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्