२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

भूगोलको उत्सव

भूगोल साहित्य समाजको चौथो वार्षिक उत्सव तथा साधारणसभा भएको छ। कवि,नियात्राकार एवं साहित्यिक पत्रकार वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा समाजको सभाकक्ष दरबारमार्गमा कार्यक्रम भएको हाे।

अतिथिहरूमा रामप्रसाद पन्त, विजयध्वज थापा, युवराज मैनााली, हिरण्यकुमारी पाठक, सुशील श्रेष्ठ, टेकराज जोशी, उद्धव खनाल, ममता मृदुल लगायतकाे उपस्थिति रहेको थियो।

पहिलो सत्रको कार्यक्रममा २०८० सालको झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार वरिष्ठ गजलकार एवं अनुवादक रामबहादुर पहाडीलाई प्रदान गरिएको थियो। गत वर्ष स्थापित सो पुरस्कार यसपटक २५०२५।- रूपैयाँ नगद राशि तथा सम्मानपत्रसहित प्रदान गरिएको हो।

भूगोल साहित्य समाजका आजीवन सदस्य ओम आचार्यले सो पुरस्कारकाे स्थापना गरेका हुन्। पुरस्कार वार्षिक रूपमा प्रदान गरिन्छ। २०७९ सालमा स्थापित सो पहिलोपटक इतिहासकार एवं नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो।

पुरस्कृत स्रष्टा पहाडी लामो समय राष्ट्रिय वाणिज्य बैंकको सेवा गरी निवृत्त भएका अग्रज बैंकर हुन्। बैंकको जिम्मेवार ओहोदमा रही कामकाज गर्दा गर्दै  पनि साहित्यसिर्जना तथा अनुवादका क्षेत्रमा उनले देखाएको सक्रियता र भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदान सबैका लागि अनुकरणीय रहेको छ। हाल ८३ वर्षको उमेरमा पनि उनी सिर्जनामा सक्रिय छन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व रामबहादुर पहाडीले पुरस्कार र सम्मानका लागि नभई आफूले एक सचेत नागरिकको रूपमा लेखनमार्फत आफूलाई सधै सक्रिय राख्दै आएको बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वियोगी बुढाथोकीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गर्दै आगामी दिनमा समाजले अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।

पहिलो चरणको कार्यक्रममा अतिथिहरू हिरण्यकुमारी श्रेष्ठ तथा सुशील श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए।

सोही कार्यक्रममा कविहरू एचके धिताल, माधव विडारी, मुकुन्द पौडेल,बद्री उप्रेती, कणाद महर्षि, कात्यायन, बुद्धिराज पाण्डे, प्रकाश घायल, शुभाषचन्द्र पौडेल, मित्रलाल पंगेनी, भाग्यशाली अधिकारी, शैलेन्द्र शाह, त्रिलोचन आचार्य, गायत्रीकुमार चापागाई र महेश रिजालले रचना वाचन गरेका थिए।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व पहाडीको व्यक्तित्व र योगदानबारे समाजका उपाध्यक्ष दिनेशविक्रम थापाले प्रकाश पारेका थिए।

दोस्रो सत्रमा सम्पन्न साधारणसभाले समाजको आर्थिक वर्ष २०७९/८०को आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको थियो।

दुवै सत्रको सभाध्यक्ष समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए भने सचिव शैलेन्द्रकुमार शाहले कार्यक्रम चलाएका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App