२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डाक्टर साहेव

एकदिन सवीरको चिया पसलमा आउने वास्तविक डाक्टरहरू, राजनीतिज्ञ कोही भ्रष्टाचार गरेको त कोही उपचारको नाउँमा बिरामीको अंग झिकेर बेचेको आरोपमा जेल परे।

कानुनी सम्बन्ध

उसले १० लाख दिन नचाहेपछि अहिले म उसकै छ तले महलमा राज गरिरहेकी छु। ऊ भने जेलको कोठरीमा सजाय घटाइरहेको छ। यो हाम्रो कस्तो सम्बन्ध हो? म आफैं अन्योलग्रस्त छु र मिलनको प्रतीक्षा गरिरहेकी छु।

पाहुनाको सत्कार

पाहुनालाई खाना खुवाउने तयारीमा जुटेकी सासू आमाले आमाजूलाई बोलाइन्। ससुरा, देवर र पतिसँग गफ गर्दै गरेकी उपमालाई अलि पर तानेर आमाजूले भनिन्, ‘उहाँहरूले खाएर बाहिर नआउन्जेल भित्र नआउनु ल! तिमीलाई पकाउन लाएका छैनौं भनेका छौं। अलि कट्टर छन्, निन्दा गर्छन् क्या!’

एउटा अनुरोध

अब किताबका प्रत्येक पानाहरू पल्टाएर खोजीखोजी मेरो नाम मेट्नु। अब मेरो चौताराको ढुंगा फुटाएर एउटा कुरूप इतिहास नष्ट गर्नु। अब त्यो तलामाथिको बाकस खोल्नु खुकुरीमा लत्पतिएको रगतको जो काँचो बासना छ आखिरीचोटि प्रेमपूर्वक सुम्सुमाउनु...। साँच्चै– गौंथली त्यो उडेर गयो? बस न!

सघाउँदै यहाँ लडेकालाई उठाएर हेर

अल्झेका छन्, बल्झेका छन् प्यारमै नरनारी, मायाले हलुंगिन्छ गह्रौं जिन्दगीको भारी। सघाउँदै यहाँ लडेकालाई उठाएर हेर, लुक्दैन प्यार नपत्याए लुकाएर हेर।

भ्यागुताको मीत सर्प

बिजुलीझैं बुढो भ्यागुतो कुवा बाहिर निस्केर डीलमा बस्दै भन्यो ‘मेरो यो कुवाको सन्तानहरू त तुरिस्। अब यही कुवामा मर, थुक्क अगति सर्प’ भन्दै अर्काे दहमा फुत्त हामफाल्यो।

स्कुटी सेवा

अर्को राति विरेले कर गरेर घुम्न गयौं हामी। बाटाभरि युवतीहरूले छेक्दै सोध्थे। हामी एकएक ओटी स्कुटीवाली लिएर गयौं तिनेरुको रुम। काम सकेर फर्कियौं पनि। केटीले लुगा खोल्दै मेरो त सात्तो उडेको थियो। बाटामा फर्किंदा मैले विरेलाई सोधें, ‘ओई कस्तो सेवा दिई तिम्लाई?’

दौडसँगै सरसफाइ अभियान ‘प्लगिङ’

स्विडिस भाषाको ‘प्लोका अप’ शब्दबाट ‘प्लगिङ’ नामाकरण गरिएको हो। ‘प्लोका अप’को अर्थ टिप्नु हो। फिल्ड म्याग नामक वेबसाइटका अनुसार यो शब्दको नामाकरणको श्रेय धावक तथा सोलोमन कम्युनिटी मेनेजर इरिक अल्स्सट्रोमलाई जान्छ। उनले स्टकहोममा दौड्ने क्रममा बाटोमा देखिएका फोहोरमैला संकलन गर्छन्।

अछुत

समयले हजुरलाई पनि बाँकी राखेन नि मुखिया बा! हजुरको त्यत्रो पहुँच, शान, मान र औकात खोई त? जाबो एउटा भाइरसले हजुरलाई त आफ्नै परिवारबाट पो परित्यक्त र सबैबाट उपेक्षित पो बनाएछ त। मान्छे–मान्छेमा विभेदको खाडल खन्ने हजुरजस्ता थुप्रै मुखिया ‘महाअछुत’ भएछन् नि यतिबेला!

अमर सहिद राम र लक्ष्मण

यो कोतपर्वको विद्रोह गर्न सन् १८७६ को अप्रिलमा गोरखा निवासी लखन थापाले केही विद्रोही युवा साथमा लिई सामूहिक रूपमा खुलेआम जंगबहादुरको विरोध गर्दै गाउँगाउँ घुमेका थिए। जंगबहादुरको तानाशाही आदेशले लखन थापा र उनका साथीहरूलाई पक्रेर मनकामनादेवी मन्दिरअगाडि झुन्ड्याइएको थियो।

म यो संसारबाट उम्किदा नरुनु आमा,

म यो संसारबाट उम्किदा नरुनु आमा,चितामा मेरो दागबत्ती दिदा नरुनु आमा। एउटा दियो बालिदिनु फोटोको अघि, साथीहरूले मेरो नाम लिंदा नरुनु आमा।

उजेलीको पीडा

छोराको आशै आशमा सातआठ पटक गर्भपतन गराएको पीडा उनको मनमा छचल्किरहेको थियो। अझ घरमा कोही आउँदा सासू आमाले एउटा नाति पनि दिन नसक्ने अलच्छिनी भन्दै काटेको कुराले उनको मन झन् कुँडिंदै जान्थ्यो।

प्रेमध्वज प्रधानको त्यो औँठी

अनायास उहाँले सो औंठी मलाई दिँदै भन्नुभयो, ‘यो औंठी सधैँ आफ्नो साथमा राख है ।’ नाताले उहाँ मेरो मामा । मलाई लाग्यो, केही समयका लागि राख्न दिनुभएको होला, फिर्ता गर्नुपर्छ । विडम्बना, औंठी मलाई दिएको केही दिनपछि उहाँले सदाका लागि संसार छाड्नुभयो।

गुरु २

मातंगीपुरीलाई एक रजस्वला रेखाले घेरिएको छ। रजस्वलाको रगतलाई नै निधारमा तिलकका रूपमा लगाएर जाने पुरुषले त्यस रेखालाई नाघ्न सक्छ, नत्र रगतै छादेर पुरुषको मृत्यु हुन सक्छ। यो अत्यन्तै गोप्य ज्ञान हो, यसलाई गोप्य राख्नू।

दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु, दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु। मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले, छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्