१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।

गलैंचाबाट ४ महिनामै ४ अर्ब भित्रियो

मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।

अनलाइनबाट गाडी भाडामा लिन ‘सजिलो रेन्टल’

नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।

एलसी र बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंकले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।

निर्वाचन आयोगले अनलाइनबाट मतदाताको नाम संकलन गर्ने

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

इन्धन खरिद अनलाइनबाट

म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।

पशुपतिनाथमा अबदेखि अनलाइनबाट भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।

पुनर्निर्माण अनुगमन अब अनलाइनबाटै

भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कुन चरणमा पुग्यो ? कुन संरचनाको पुनर्निर्माणमा कति खर्च गरिँदैछ ? कुन दाताबाट कति रकम सहयोग प्राप्त भयो ? अहिले सबैले चासोका साथ उठाउने प्रश्न हुन् यी।

अब भगवानको पूजा अनलाइनबाटै

कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन ? चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईं मन्दिरसम्म पुगिरहनुपर्दैन । घरैमा बसिबसी चिताएकै मन्दिरमा पूजा गर्न सक्नुहुन्छ।  अहिलेका लागि भने तपाईंले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरूले भने बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पूजा गर्न सक्नेछन्।

बिजुली बिल अनलाइनबाटै

अब अनलाइनबाटै बिजुली बिल तिर्न सकिने भएको छ। अनलाइन सेवाको शुभारम्भ सोमबार ऊर्जामन्त्री महेन्›बहादुर शाहीले गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका ग्राहकले मात्र यस्तो सुविधा उपभोग गर्न पाउने उनले जानकारी दिए।

प्राधिकरणको महशुल अब अनलाइनबाटै तिर्न सकिने

नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन।

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत अनलाइनबाट डाटा किन्न सकिने सुविधा सुरु गरेको जानकारी गरायो । नेपाल टेलिकमको आधिकारिक वेबसाइटअन्तर्गत अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरेर डाटा किन्न सकिनेछ ।

कागजात परीक्षण अनलाइनबाट

विभिन्न प्रयोजनका लागि विदेशस्थित नेपाली नियोग र काठमाडौंस्थित विदेशी नियोगमा पेस हुने नेपाली कागजात नक्कली वा सक्कली भएको परीक्षण अब अनलाइनबाटै गर्न सकिने छ । सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले वैशाख १ गतेबाट यो सेवा सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्