२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फुर्ती

भोलिपल्ट बिहान शान्त मुद्रामा श्रीमानले सोधे, ‘उहिलेउहिले लोग्नेका लागि भनेर भोकभोकै व्रत बस्ने, खुट्टाको पानी खाने मेरी श्रीमतीलाई हिजोआज केको फुर्ति चढेको हो ?’ बडो शान दिँदै उनले भनिन् , ‘त्यो बेला म जागिरे थिइनँ , आर्थिक परनिर्भरतामा तिम्रो दासी बनेकी थिएँ नि !’

बाख्रा चोर

बाघ पूर्ण रूपले देखियो। नरेशले बाघलाई निसाना लाउंदै खुँडा प्रहार गर्यो। बाघ दुई खुट्टाले ठिङ्ग उभियो। त्यो दृश्य टर्च बालेको धिरेनले पनि प्रष्ट देख्यो। खुँडाको प्रहार छल्दै बाघ मानव आकृतिमा ठिङ्ग उभिएपछि नरेश र धिरेन एकै ठाउँमा गुजुल्टिए।

नैतिकताको खोल

ए कृष्णभक्तजी, तपाईं मास्टर हो कि गुण्डा ? अलिकति उमेर ,पेशा र इज्जतको ख्याल आएन दिमागमा ? धन्न यो काण्ड चुइँक्क कसैलाई थाहा छैन। गरीब परिवारको विद्यार्थी भएर मात्रै खतरामुक्त छ घटना ।छात्राको अभिभावकले खुसुक्क मलाई गुनासो व्यक्त गरेका मात्र छन्। अब तपाई आफै भन्नुस् यो समस्याको अन्त्य कसरी गर्ने ?

फुच्चे कलम

एउटा फुच्चे कलमले महलको नक्सा कोर्यो हस्पिटलको नक्सा कोर्यो म्यूजियमको नक्सा कोर्यो वास्तवमा संसारकै मानचित्र फुच्चे कलमले नै कोर्यो।

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

पाँच स्रष्टालाई सम्मान

अक्षरमार्गले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान गर्नुभएका पाँच स्रष्टालाई सम्मान गरेको छ।

सम्झनामा जोगिरा सररर...

एकै दिन भए पनि मधेशमा व्याप्त विभेदलाई होलीको रङले पोतिदिन्छ । आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुरयाउने पर्वको रूपमा होलीलाई लिइन्छ । फगुनाई हावामा रमाउँदै गरेका युवायुवतीको रङ्गीन अनुहारबाट एउटै स्वर गुन्जन्छ –जोगिरा सरर....!

सानो गाग्री

अहिलेका आमालाई फुर्सद छैन रे । हाम्रा पालामा तीन बजेदेखि उठेर कति काम गरियो । अहिलेका फेसबुक हेरेर भात पकाउँछन् । तै फुर्सद नहुने । अरू केही काम गर्ने होइनन् ।

चाख्यो स्वाद

यस्ले गाउँका हरयुवतीलाई जिस्क्याएर दुख दिने गरेकाले सबैजना यस्को डरले स्कुल जान समेत डराउँदा रहेछन्। आज मलाई पनि यस्ले त्यस्तै निर्बल युवती सम्झिएर उस्तै व्यवहार गर्न खोज्यो। मलाई मार्फाको स्याउजस्ती लाग्यो रे। यस्ले नारी शक्तिको स्वाद चाखेको रहेनछ। आज चखाइदिएकी मात्र। यति भए स्वादको आनन्द लियो होला।

एक्लो आउँछ मान्छे एक्लै जाने रैछ

एक्लो आउँछ मान्छे एक्लै जाने रैछ, जीवनभरि यस्तै सफर हुन्छ हुन्न। बाध्यताले मलाई त्यहीँ बस्नुपर्यो, कोलाहल नहुने शहर हुन्छ हुन्न। न तिमी मुना हौ न म तिम्रो मदन, यस्तो माया हाम्रो अमर हुन्छ हुन्न ।

ठाडो शिर

मेरो छोरा पनि हजुरकै गुनगान गाएर अघाउँदैन । हजुरलाई असाध्यै आदर गर्छ ।’ अर्का अभिभावकले मतिर फर्केर कुराको गाठो खोल्दै भने, ‘अब हजुरले हाम्रो घरमा गएर टयूसन पढाइदिनुपरयो । नानीबाबुकै लागि यत्रो सङ्घर्ष गरिएको छ । महँगो विद्यालयमा शिक्षा दिलाएको छ । र, पनि उनीहरूको होस फर्किएको थिएन । हजुरसँग के सूत्र छ कुन्नि उनीहरू मोहित छन् । नाइँ नभन्नुहोला । जे फि तिर्नुपर्छ हामी तयार छौँ ।

पवित्र सम्बन्ध

यसमा तपाईँको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाईँ र मेरो पवित्र सम्बन्धलाई नकारात्मक रूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्णय लिनुपरयो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बाँच्ने प्रण गरेकी छु।

यी मान्छे, यी नजरहरू गजब लाग्यो

ओहो बत्तीका पुतली मर्ने होडमा छन्, कस्ताकस्ता रहरहरू गजब लाग्यो। लाउँदै छन्, लाइरहेछन् जङ्गलमा खेती , हुलका हुल बाँदरहरू गजब लाग्यो। पार्टी प्यालेस बन्द छन्, सडकहरू रित्ता, चल्दै छन् ती पार्लरहरू गजब लाग्यो ।

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती

तिम्रो सुख मेरो सुख फरक हुँदो रै’छ, बाटो फरक भएपछि एक्लै हिंड्ने रै’छ । भै गो अब चाहन्न म सुन्न नानाभाँती, किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

बैसाखी

हजुरबाको जीवन पोलियोले गर्दा बैसाखीमै चलेको छ र मेरो जीवन पनि नलागेको पोलियोजस्तै त छ नि । हजुरहरू मेरा लागि एउटा दह्रो बैसाखी खोज्दै हुनुहुन्छ । साँच्चि भन्नु त आमा, के म बैसाखी नभै हिँड्न सक्तिन र ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्