नजिक आएको छु, नजर हुन्छ हुन्न,
म आफन्त तिम्रो कदर हुन्छ हुन्न ।
नपिउने म सधैँ तिमी पिई हिँड्छौ,
मेरो छेउ आउँदा असर हुन्छ हुन्न।
एक्लो आउँछ मान्छे एक्लै जाने रैछ,
जीवनभरि यस्तै सफर हुन्छ हुन्न।
बाध्यताले मलाई त्यहीँ बस्नुपर्यो,
कोलाहल नहुने शहर हुन्छ हुन्न।
न तिमी मुना हौ न म तिम्रो मदन,
यस्तो माया हाम्रो अमर हुन्छ हुन्न ।
प्रकाशित: १४ चैत्र २०७७ ०९:०७ शनिबार