२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती

गीत

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

 

सपनीमा आउँछौ तिमी छुनुमुनु गर्छौ,

विपनीमा आउँछौ अनि गुनुगुनु गर्छौ ।

भै गो अब नआऊ तिमी सधैं रातिराति,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

 

तिम्रो सुख मेरो सुख फरक हुँदो रै’छ,

बाटो फरक भएपछि एक्लै हिंड्ने रै’छ, ।

भै गो अब चाहन्न म सुन्न नानाभाँती,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती।

 

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती,

किनकिन यस्तो लाग्यो नदेखेकै जाती ।

प्रकाशित: १३ चैत्र २०७७ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App