२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रजातन्त्र

– त्यसो भए यी पुलिस, पानीको फोहरा, अश्रुग्याँस, अदालत, जेल किन त?–तेरो सरलाई सोध। –सरले हजुरलाई देखाउने र हजुरले सरलाई! आखिर यो प्रजातन्त्र भनेको के हो?

तटस्थ

सिंगो देश उसको विचारबाट प्रभावित भयो। जनताले कुशल नेतृत्वको भागीदार बनाए। समयको कालखण्डमा ऊ दौडिंदै थियो। एकपटक ऊ भाषणको मैदानमा उत्रियो। उसले दमदार भाषण गर्‍यो। सबैले तालीको गडगडाहटले स्वागत गरे। ऊ भन्दै थियो, ‘तटस्थ समूह, जिन्दावाद!’

माला

नेताजीका गलामा माला थपिँदै गए, भरिंदै गए, झिकिंदै गए र फ्याँकिंदै गए। पेलिएर पछाडि परेको पुरानो कार्यकर्ताले हेरिरह्यो, दुख गरेर उनिएका मालाहरूको नियति जो निमेषभर पनि नेताजीका गलामा बस्ने सौभाग्य पाइरहेका थिएनन्।

एमसिसि सम्झौता

बर्खे बाढीले ढल फुटाएर सडकको बिचमा भ्वाङग पर्‍यो। नजिक घर भएका जम्मा भए। निवेदन चढाए विभागमा। छिटो गरी ढल बनाएर यातायात सुचारु गर्नुपर्थ्यो तर प्रधानमन्त्री को हुने सम्बन्धमा पार्टी छलफल गर्दागर्दै महिना बित्यो।

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर

नारी, अन्तिम पर्खाल, तिमी नाघेर हेर, निदायौ सपना देख्यौ अब जागेर हेर। उपमा दिनेहरूको, मुख ताक्यौ धेरै नै, आफ्नै धर्ती उठाउन आफैं लागेर हेर।

‘ग्रीष्मको नीलो बतास’मा बतासिंदा

नियात्राको रूपमा प्रकाशित भएको ‘ग्रीष्मको नीलो बतास’ खालि कोरा वर्णनको पन्तरो मात्र होइन। यो निःसन्देह यात्रा साहित्य हो। नियात्रामा प्रयुक्त भाषा शैली बिलकुलै साहित्यिक छन्। एउटा नियात्रा खास अर्थमा नियात्रा बन्न नियात्राका तत्वहरूले भरिपूर्ण हुनुपर्छ।

कोसेली

लामो श्वास फेर्दै भने, ‘हिजो साउदी अरेवियाबाट फर्केको हुँ दाजु। तीन महिना बस्नु छ। एकपटक सबै आफ्न्तकोमा जानुपर्‍यो। विदेशबाट आउँदा केही ल्याएको छ भनेर सबै आशा गर्छन्। बाहिरबाटै सबै ल्याउन मुस्किल छ। म त साउदीको कोसेली पो ल्याउँदै छु दाजु।’

देशै त्यागी हिंड्छ

भित्र आफ्नै घरमा छुवाछुत गर्ने ढोंगी, बाहिर नारीवादी बन्दै छाउको खबर सोध्छ। व्यधा पनि साधु भेषमा डुल्ने क्या जमाना, गुँड भत्काई चल्ला मारी माउको खबर सोध्छ।

निक्सन–माओ वार्ताको ५० वर्ष

अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणको ५० वर्षपछि पनि अधिनायकवाद विरुद्ध लड्न यिनै मूल्य र मान्यताको सान्दर्भिकता छ। चीनले प्रविधिमा गरेको प्रगतिसँग प्रजातान्त्रिक विश्व तर्सिनुपर्ने स्थिति छैन, यो विश्वका सबैभन्दा बढी जनघनत्व भएको र सक्षम नागरिक भएको देश हो।

गुरु ३

वैरोचनले प्रतिप्रश्न गरे:उन्मना ! दरबारमा स्त्रीलाई कसैकी पत्नी वा पुत्रीका नाममा चिनिन्छ। तिमी त्यहाँ जाने भयौ भने मेरी पत्नी वा प्रेमिका भएर जान्थ्यौ कि स्वतन्त्र गुरु भएर?

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छन्। उनले किशोर कुइँकेल (किसु)सँग इन्गेजमेन्ट गरेकी हुन्। दर्शनाले सामाजिक सञ्जाल मार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन्।

लताको निधारमा नपुगेको पशुपतिको चन्दन

लताको भौतिक शरीर यो संसारमा छैन भन्ने सम्झँदा आज पनि ढकालको मन अमिलो हुन्छ। लताको शिरमा पशुपतिको प्रसाद पुर्‍याउन नसक्दा उनलाई निकै दुःख लागेको छ।

चार अमर सहिद र त्रिभुवन

राजा त्रिभुवनको सक्रियता नहुँदो थियो त नेपालमा सहिदहरूको बलिदान बालुवामा पानी पोखेसरह हुन सक्थ्यो। छिमेकीहरूको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभावले हामी नेपाली कुनै न कुनै विदेशी राजनीतिक प्रभावमा पर्न सक्छौं।

विमला निरौलाका दुई कृति लोकार्पण

भर्जिनिया,अमेरिका निवासी कवि विमला निरौलाका मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को लोकार्पण सम्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्