७ वैशाख २०८१ शुक्रबार

क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन्। विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनले भनाई छ।

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन्।

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवा दोहामा

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा पुगेका छन्।

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बिदाइ अभिवादन गरे।

बाढी–पहिरोपीडितसँग प्रधानमन्त्रीः ‘राहतको थप कार्यक्रम ल्याउँछौँ’

आइतबार प्रधानमन्त्री देउवाले इलामको माङ्सेबुङ, फाकफोकथुम र पाँचथरका मिक्लाजुङ तथा फाल्गुनन्द गाउँपालिकामा बाढी–पहिरोले गरेको क्षति अवलोकन गरेका थिए।

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ।

२० सदस्यीय प्रतिनिधि मण्डल सहित प्रधानमन्त्री देउवा बेलायत भ्रमण आउने

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्।

सरकारका सय दिन: महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ।

प्रधानमन्त्री देउवाले भनेः विमानस्थलको भलबाढी व्यवस्थापनका लागि बजेट आउँछ

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो।

संघीयता कार्यान्वयनमा अझै बाँकीः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता पूर्णरुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्दै आईतबार प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध समेत रहेको उल्लेख गरे।

यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्री, एक राज्यमन्त्रीसहित १० जना छन्। त्यस्तै माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित ६ जना सरकारमा सहभागी छन्।

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए।

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्