२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निजी अस्पताल सरकारको नियन्त्रणमा रहने

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सरकारले निजी अस्पताल र  मेडिकल कलेजलाई नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ।

स्वास्थ्यकर्मी भड्काउँदै सरकार, प्रोत्साहनको सट्टा धम्की

कोरोना भाइरस संक्रमित नौजना पुगिसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको मनोबल उच्च पार्ने निर्णय गर्न सकेको छैन बरु मनोबल गिर्नेगरी पेसागत लाइसेन्स खारेज गर्ने धम्की दिएको छ।

सरकारी डाटामा अस्गर अलीको पहुँच, दुरुपयोग हुने चिन्ता

नागरिक अधिकार मोबाइल एप निर्माणका लागि अलीकै दबाबमा उनका नातेदार रहिम अली र अस्लाम अलीलाई परामर्शदाता नियुक्त गरिएको छ।

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदुरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ।

कोरोना भाइरस : कुनै मन्त्रीलाई मध्यरातसम्म काम, अरुलाई आराम

विश्वव्यापी रुपमा कोभिड–१९ को सन्त्रासले नेपालमा लकडाउन भएपछि सरकारमा सहभागी मन्त्रीहरु व्यस्त हुनुपर्नेमा केही मन्त्रीमात्रै व्यस्त भएका छन्।

युवाले रोके सरकारी गाडी

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन्।

सरकारको आर्थिक उद्धार प्याकेजमै कन्जुस्याइँ

अहिले विश्वभरि नै स्वास्थ्य संकटकालीन अवस्था बढ्दै गएसँगै आफ्नो देशभित्र पार्न सक्ने प्रभाव कम गर्नका लागि विभिन्न मुलुकले फरक फरक प्रकृतिका आर्थिक उद्धार प्याकेज घोषणा गरिरहेका छन्।

कोरोनाको वेग

अहिले हामी बन्दाबन्दी (लकडाउन) मा छौँ। समय कोरोना भाइरस प्रकोपको छ। यसबीच सरकारले जारी गरेको संकटकालीन निषेधमा जनता घरभित्र छन्।

निजी विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्न सरकारको निर्देशन

सरकारले अभिभावकहरुलाई राहत दिन  निजी विद्यालयहरुले एक महिनाको सबै शुल्कहरु मिनाहा गर्नु पर्ने  निर्देशन दिएको छ।

राउटे समुदायलाई प्रदेश सरकारको खाद्यान्न

लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

संकटको अर्को साता

अन्ततः  कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको ‘लक डाउन’ अर्थात् बन्दाबन्दीको अवस्था लम्बिएको छ। गत मंगलबारबाट सुरु भएको यो अवधि एक साताका निम्ति तय भएकामा स्थिति हेरिकन सरकारले अरु एक साता अवधि थप गरेको हो।

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

आजदेखि प्रहरीको कडाइ, बिहानै २००  नियन्त्रणमा

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ।

सरकार भन्छ : कोरोना संक्रमण फैलावटको अवस्था नियन्त्रणमै छ

सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्