१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एक वर्षमा सवारी दुर्घटनामा ७४ जनाको मृत्यु

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभित्र भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ७४ जना सर्वसाधारणको मृत्यु भएको छ। वर्ष भरीमा भएका १२३ वटा सवारी दुर्घटना परेर ७४ जनाको मृत्यु भएको हो।

पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने चालक पक्राउ

बिहीबार बिहान तनहुुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवामा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने जीप र चालकलाई सिसि टिभी क्यामेराको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। जीपको ठक्करबाट स्थानिय ७९ वर्षीय खड्कबहादुर दर्लामीको मृत्यु भएको थियो।

म्यान्मारमा १३ तिर्थालुको मृत्यु

म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्।

दुर्घटनामा जीप चालकको निधन

बेसीसहर–चामे सडकखण्ड अन्र्तगत च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै निधन भएको छ।

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ। खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

प्राविधिकको सल्लाह इन्कार गर्दा, गम्भीर दुर्घटना

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो। ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो। मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे।

एक वर्षमा ६१ जनाको मृत्यु

आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो।

मन्दिरको छतले थिच्दा दुईको मृत्यु

जिल्लाको हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ।

धादिङमा सवारी दुर्घटना, माइक्रो खोलामा खस्याे

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा न १ खयरघारीमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रदेश तीनमा दुर्घटना जोखिम बढ्दो

सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ। प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ। यस अवधिमा प्रदेश ३ मा सात सय ७० वटा सडक दुर्घटना र सात सय ५० जना घाइते भएका छन्। सवारी दुर्घटनामा परी मृत्यु हुनेको सबैभन्दा बढी संख्या चितवन जिल्लामा रहेको छ। एक वर्षको अवधिमा चितवनमा एक सय ४६ जनाको मृत्यु भएको छ।

ट्रयाक्टर दुर्घटनामा दुई बालकको मृत्यु

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको ट्रयाक्टर दुर्घटनामा परेर दुई बालकको मृत्यु भएको छ।

दुर्घटनाको जोखिम बढ्दो

सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ । प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ । यस अवधिमा प्रदेश ३ मा सात सय ७० वटा सडक दुर्घटना र सात सय ५० जना घाइते भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सबैभन्दा बढी संख्या चितवन जिल्लामा रहेको छ । एक वर्षको अवधिमा चितवनमा एक सय ४६ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्