१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा १३ तिर्थालुको मृत्यु

याङ्गुन – म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुंगा पल्टिएको थियो।

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ। जीवितै उद्धार गरिएका डुंगा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App