१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु

बाजुरा र कालिकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप ज्रपालीमा दुर्घटना भएको हो ।

बीस हजार इन्जिनियरको सामूहिक बिमा गरिँदै

बीस हजार इन्जिनियरको एकैपटक सामूहिक दुर्घटना बिमा हुने भएको छ। जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इन्जिनियर्स एसोसिएसनबाट आयोजना हुने ५७ औं इन्जिनियर दिवसका अवसरमा प्रतिव्यक्ति १० लाखका दरले दुर्घटना बिमा गर्न लागिएको हो।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका १ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्द रहेका छन्।

बस र भ्यान ठोक्किँदा दुईको मृत्यु, २८ घाइते

मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

तनहुँमा मात्रै एक वर्षमा सडक दुर्घटनामा परी ६१ को मृत्यु

सडक दुर्घटनामा कमी ल्याउन विभिन्न कार्यक्रमहरु चलाइएपनि दुर्घटनामा कमी आउन सकेको छैन्। गत आर्थिक बर्ष २०७५/०७६ मा जिल्लामा भएका सडक दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन्। राजमार्ग तथा ग्रामीण रुटका कच्ची सडकखण्डमा भएका एक सय छ दुर्घटना परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

युक्रेनमा हेलिकप्टर दुर्घटना

युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुसमा बस दुर्घटना

रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

८ वर्षमा सडक दुर्घटनामा परी १३ सय बढीले ज्यान गुमाए (भिडियो)

पछिल्लो समय उपत्यका लगायत देशैभर सडक दुर्घटना बढेको छ। बढ्दो सवारीसाधन तथा सडकको अवस्था कमजोर भएको कारण अहिले सडक दुर्घटना ठूलो चुनौती बनेको छ।

सुर्खेतमा बस दुर्घटना, आठको अवस्था गम्भीर

वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन्।

नक्कली चालक खडा गर्ने चार प्रहरीविरुद्ध मुद्दा

मानिसको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी (गैंडाकोट) का प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

पाँच जना गम्भीर घाइते

रुकुम (पूर्व)मा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। जिल्लाको भुमे गाउँपालिकाको लुकुमबाट गाउँपालिकाको कार्यालय खाबाङ्बगरमा आउँदै गरेको रा १ घ ३९६९ नम्बरको रिक्सा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्।

शारदा नहरमा बस खस्यो, ३२ नेपालीको जीवितै उद्धार

भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ।

२२ दिनपछि उपाध्यक्षको शव भेटियो

खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्