धादिङमा ट्याक्टर दुर्घटना, ९ सडक मजदुर घाइते
धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।