९ आश्विन २०८१ बुधबार
image/svg+xml

२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भेलामा रोक लगाउन सिफारिस गरेको हो।

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन्।

बुधबारदेखि चिनियाँ खोप

यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ।

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ।

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ।

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको आठ लाख डोज खोप

चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

सार्वजनिक यातायातमा मास्क अनिवार्य

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो।

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने,'कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ।' यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए।

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ।

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

कोभिड–१९ : पछिल्लो २४ घण्टामा १५० जना संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार १९ पुगेको हो।

प्रधानमन्त्री ओलीबाट पाकिस्तानी प्रमको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्