२३ आश्विन २०८१ बुधबार
image/svg+xml

'घाेराही उपमहानगरकाे बजेट गुपचुप ल्याइयाे'

१० असारमा घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै थियो। उपमहानगरका केही वडाध्यक्ष उक्त बजेटप्रति असहमती जनाउँदै बहिस्कार गरेर निस्किए। बजेट बहिस्कारको कारण थियो– एकपक्षीय बजेट।

काठमाडौंमा घर भाडा कति ? छैन कुनै नियम (भिडियाे)

विशेषगरी काठमाडौं उपत्यकामा विद्यालय, कलेज, संघसंस्था तथा व्यक्ति विशेषका लागि बसोबास तथा व्यवसाय सञ्चालन गर्न मानिसले घरजग्गा बहालमा दिने गर्छन्। बहालबाट आएको रकमले आफ्नो घरव्यवहार चलाउँदै आएका छन्। प्राय घरधनीले बहालमा बस्न आएकालाई कुनै लिखित सम्झौता नगरी बहालमा दिने गरेका छन्। सम्झौता गरे कर तिर्नुपर्ने र बहाल रकम पनि मनपरी तोक्न र बढाउन नपाइने भए पनि यहाँका घरधनीले ऐन विपरीत बहालमा दिँदै आएको देखिन्छ।

भरतपुरमा मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्धाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।

उठ्न थाल्यो काठमाडौँको फोहोर

दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ।

फोहर उठाउन माग गर्दै प्रदर्शन

आइतबार विद्यार्थी तथा कलेज प्रशासनले सहर सफा राख्न, कलेजको अगाडिको फोहर हटाउन माग गर्दै कलेज अगाडि विरोध गरे।

कांग्रेसका वडाध्यक्षद्वारा महानगरमा ताला

कास्की क्षेत्र नं २ को उपनिर्वाचन हुन बाँकी छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ। निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा अन्यलाई भन्दा बढी बजेट दिएको आरोप विपक्षी वडाध्यक्षका रहेको छ। बजेट समानुपातिक नभएको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले महानगरपालिको मूल गेटमै तालाबन्दी गरी धर्ना दिएका हुन्। तालाबन्दीले नगरपालिका प्रमुख मानबहादुर जिसीको सवारीसाधन महानगरपालिकामा प्रवेश गर्न पाएन। तालाबन्दी गरिए पनि सेवाग्राहीलाई भने प्रभावित नबनाइएको आन्दोलित वडाध्यक्षहरूको दाबी छ।

काठमाडौं महानगरको बजेट १५ अर्बः भर्टिकल पार्किङदेखि मोनोरेलसम्म

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार भएको काठमाडौं महानगरपालिकाको नगरसभाको ५ औं महाअधिवेशन कार्यक्रमबाट सो बजेट पारित गरेको हो।

बुटवल बजेटः एक अर्ब ९० करोड

उपमहानगरले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालूतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाको ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गरेका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा

पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो। तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वडाले योजना नै पठाएनन् भने योजना सिफारिस गरेका वडाले पनि ढिलो गरी मात्र पठाएको महानगरपालिकाले जनाएको छ।

मेयर द्वारिकलाल चौधरीद्वारा फेरि क्षमायाचना

इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि महिलाप्रति क्षमायाचना गरेका छन्। मेयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन्।

ब्रुमर सञ्चालन गर्न एक साता लाग्ने

काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान ब्रुमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ।

महानगरकाे सडक मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’!

काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि 'स्पेशल टास्क फोर्स’ गठन गर्ने भएको छ।

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले

गुठी जग्गामा चलखेल, किसानका पुर्जै गायब

घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें, मलाई उनको नाम पनि थाहा छैन,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्