२१ आश्विन २०८१ सोमबार
image/svg+xml

परिवारका सबैलाई कर्तव्य ज्यान मुद्दा

जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले प्रहरीको अनुसन्धान, आरोपितको बयान र सबुत–प्रमाण तथा सरकारी वकिलको कार्यालयको बयानका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएपछि परिवारका सबै जनालाई कर्तव्य ज्यान महलअन्तर्गत अदालतमा मुद्दा दर्ता गरिएको बताए।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

पाँचथर हत्या प्रकरणः भागेर बाँचेकी बालिकाको उपचार सरकारले गर्ने

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो।

पाँचथर सामूहिक हत्या प्रकरण संसदमा प्रवेश, गृहमन्त्रीसँग जवाफ माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।

झुण्डिएको अवस्थामा भेटिएको शव ज्वाँई मानबहादुरको रहेको आशंका

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ९ जनाको ज्यान जानेगरी भएको घटनापछि बिकसित अर्को घटनाले थप आशंका बढाएको छ । घटना भएको स्थलबाट केहि टाढा धनकुटाको लिम्बा भन्ने स्थानमा जंगलको झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । झुण्डिएको यो शव कसको हो भन्ने यकिन छैन ।

पाँचथर हत्या प्रकरण : हत्यामा संलग्न व्यक्तिले आत्महत्या गरेको आशंका

९ जनाको ज्यान जानेगरी पाँचथरमा गएराति भएको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले आत्महत्या गरेको हुनसक्ने भएपछि अनुसन्धान थालिएको छ ।

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न ५० जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

पाँचथर हत्या प्रकरणः ससुरा र ज्वाँई दुबैको वंश नास गर्ने सुनियोजित योजना

दुइघरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।

पाँचथर हत्या प्रकरण : मुखुण्डो लगाएर आएका समूहले गरे नौ जनाको विभत्स हत्या, सबैको सनाखत

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे ।

पाँचथर हत्या प्रकरण: दुई जनाको सनाखत, हाम फालेर ज्यान जोगाइन् एक युवतीले (अपडेट)

घटनास्थलमा रहेको दशमे चौकीको टोलीले दिएको पछिल्लो जानकारीअनुसार हत्या गरिएका मध्ये दुई जनाको सनाखत भएको छ।

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या!

पाँचथरमा दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ।

शितलका हत्यारा खोज्दै प्रहरी

जिल्लाको हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा किशोरीको घाटी रेटी हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाई बनेको छ। १५ वर्षिय शितल योङहाङको हत्या गरी फरार भएका भनिएका फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका पदम तामाङको खोजिमा प्रहरी जुटेपनि फेला पार्न सकिरहेको छैन।

दरबार हत्याकाण्डमा ‘दरबारको दुःखान्त’

१८ वर्षअघि भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी एक सैन्य अधिकारीले उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ पाठकमाझ ल्याउने भएका छन्।

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्।

भाइले नलकटुवाबाट गोली हान्दा दाइले ज्यान गुमाए

पर्सामा भाइले चलाएको नलकटुवा बन्दुकबाट गोली लागी घाइते भएका दाजुको उपचारको क्रममा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्