इलाम - ९ जनाको ज्यान जानेगरी पाँचथरमा गएराति भएको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले आत्महत्या गरेको हुनसक्ने भएपछि अनुसन्धान थालिएको छ।
घटनास्थल मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेभन्दा करिब २ घण्टा टाढा उनले झुन्डिएर आत्मत्या गरेको हुनसक्ने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । ‘
मिक्लाजुङ–७, लिम्बामा हत्यामा संलग्न रहेका व्यक्तिले भुन्डिएर आत्महत्या गरेको भन्ने खबर पाएर डिएसपीसहित हामी जाँदैछौं,’ अध्यक्ष माखिमले भने । हत्या गर्ने आशंका गरिएका व्यक्तिको नामथर उनले खुलाएनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: ७ जेष्ठ २०७६ ०७:४३ मंगलबार