क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै हेटौंडा आइपुगे धुर्मुस
अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ।
नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।
बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो।
पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन।
साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् । त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्।
कतैबाट अवरोध नआए अबको एक वर्षभित्र पोखरा रंगशाला मुलुककै नमुना रंगशाला बन्नेछ । खेलमैदान र प्यारापिटसहितको रंगशाला बनाउने गरी पूर्वाधार निर्माणलाई गति दिन थालिएको छ । पोखरामा बन्ने नयाँ रंगशाला मुलुककै सर्वाधिक सुविधासम्पन्न हुनेछ । डोमसहितको फुटबल मैदान यहाँ तयार हुनेछ ।
पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो ।
पोखरा रंगशालाले अबको दुई वर्षभित्र मुहार फेर्ने भएको छ । कुनै बाधाअवरोध नआएमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुने बेलासम्म रंगशाला नयाँ स्वरूपमा निर्माण भइसक्नेछ । नयाँ पूर्वाधारसहितको सुविधासम्पन्न रंगशाला बनाउन मंगलबार ग्लोबल टेन्डर आह्वान गरिएको छ ।
अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ।
विदेशमा बसेर काम गर्ने गैरआवासिय नेपालीहरुले चितवनमा बन्न लागेको राष्ट्रिय स्तरको रंगशाला निर्माणमा हात हालेका छन् । उनीहरुले चितवन स्थित रंगशाला निर्माणका लागि प्रत्यक्ष आर्थिक सहयोग हातहातै दिन जुटेका हुन् ।
राजधानीको दशरथ रंगशाला भूकम्पले प्रभावित पारेसँगै अन्तर्राष्ट्रिय स्तरको खेलकुदको विकल्पमा पोखरा रंगशालालाई लिइएको छ। २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक पोखरामा हुन लागेको हो। त्यसैले पनि अहिले खेलकुदको भौतिक पूर्वाधारको बारेमा बहस चलिरहेको छ।
युवा तथा खेलकुद मन्त्रालयका सविच महेशप्रसाद दाहालले दशरथ रंगशालामा पुर्निर्माणको जिम्मा सेनालाई दिने काममा रष्ट्रिय खेलकुद परिषद् (राखेप) बाधक बनेको आरोप लगाए । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिलाई जबाफ दिने क्रममा मंगलबार सचिव दाहालले सो आरोप लगाएका हुन् ।
जग्गा अधिग्रहणको प्रक्रिया पूरा गर्न नसकेका कारण मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्धारित समयभन्दा अझै पछि धकेलिने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ।
उत्तरी अंगोलाको एक रंगशालामा शुक्रबार भएको भागदौडमा परि १७ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ।