१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मिसन साहित्य

साहित्य ‘मिसन’ हुनु हुँदैन भन्ने धार पनि छ एउटा तर साहित्यको ‘मिसन हुनुपर्छ’ भन्ने मान्यता छ मेरो— मिसन होस् तर नारा होइन । अहिलेसम्म हामीले जे भोगेका छौं, त्यसमा लेखेनौं । हामीले युद्धका वास्तविक कथा खासै लेखेनौं। केही लेख्यौं तर काल्पनिक। हाम्रा मान्छे विदेश गए, त्यसबारे पनि लेखेनौं । लेख्यौं तर नगन्य, काल्पनिक आख्यान।

सही सोचको अवसान

जति मेयरले कडा निगरानी राखे पनि उनको सही कार्यलाई कसैले आत्मसात गरेनन्। उन्ले आफ्नो नगरलाई कोरोना आतंकमुक्त बनाउने प्रयास असफलै रह्यो। आखिरमा उनले हारेर सोच्न थाले। –“मेरो कोसिसले मात्र यस्तो महामारी कहाँ रोक्न सक्छु र ?” अन्त्यमा उक्त नगरपालिका कोरोना आतंकबाट लासहरूको बस्तीमा परिभाषित बन्न पुग्यो।जब मेयर स्वयंको कोरोना आतंकबाट अवसान भयो। तब विपक्षी पार्टीका झोलेहरू एकाएक गायब भए। ती जमघटमा कुर्लने भिड पनि सेलाउँदै गयो। अन्त्यमा जनता पश्चात्तापको आँसुमा डुब्न थाले।

शहरीया रंगीन भित्ताहरू

असली रङ दुखवाट जन्मन्छ म मेरो मन यहीं रङको सहारामा रंगीन बनाउँछु तसर्थ बेतुक लाग्छन् शहरीया रंगीन भित्ताहरू रंग्याऊ अब सम्पूर्ण मन आँसुमा घोलित रङहरू किनेर।

बेलायती मामा

प्रायः मामाहरूको बेलायतमा आफ्नै घर हुन्छ। प्रायःसबै अवकाश प्राप्त बेलायती सैनिक भएकाले राम्रो पेन्सन पनि आउँछ। यता कम्पनीहरूमा गार्ड पनि भएकाले उनीहरूलाई खर्चको कुनै चिन्ता हुँदैन। उनीहरू मन फुकाएर खर्च गर्न सक्छन्। कतिपयका माइजूहरू नेपालमा नै बसेका हुन्छन्। उनीहरूचाहिँ अलि फुक्काफाल जस्ता देखिन्छन्। उनीहरूले जागिर गुमाएका र नपाएका भान्जीहरूलाई दिल खोलेर सहयोग पनि गर्छन्। हर्क पनि यस्तैमध्येका एक बहादुर सैनिक हुन्। उनले धेरै भान्जीहरूलाई आपत परेका बेला सघाएका छन्।

समयको अनुहारमाथि ‘हराएका छोराहरू’ बाट राजबाबुका काव्यिक बुट्टा

समसामयिक साहित्यको मूल प्रवाहमा उनी सग्लो देखिएका छन्। कविता लेखनमा आउने विचारको स्वाभाविक उत्कर्षता र अभिव्यक्तिको कला त फेरि पनि माझिँदै जाने नै छ । अब उनीबाट थप दार्शनिक चिन्तन र अन्तर चेतनाको आलोक भरिएर आउने छन्।

नभन्नु, छिनमै आकाशका तारा झार्छु

नभन्नु, छिनमै आकाशका तारा झार्छु, सबै मेरै वशमा, मेरै मुठीमा पार्छु। गफ त लगाउँछन्, सबै गफाडी यहाँ, नभन्नु, लौरोबिना उर्लंदो खोला तर्छु।

मेरो बालापन

बाढीको भेल उस्तै, ट्यांग्रा खोलामा पौडी खेल्दै गर्दा, खोलाको त्यो बहावको मीठो संगीतको आनन्द लिएको थिएँ। पौडिँदै, दुई हातले पानीमै ढोल पिट्दै थिएँ। ओहो मेरो त्यो बालापन, खोलानाला, रुखबिरुवासँग मितेरी गाँसेको थिएँ। सम्झिदा पनि भक्कानिएर आउँछ, ओहो, मेरो प्यारो सितागंज।

ओडारे माइलाका भोका सपनाहरू

आउने बिहानीको आश पोख्दापोख्दै ऊ मरेपछि आँसुका ताता थोपा झारेर अखबारमा समवेदना छाप्नुको के अर्थ भो ? ए सरकार ! कहिले पूरा हुन्छन् हँ ओडारे माइलाका भोका सपनाहरू !

नमरे बाँचे तपाईहामी छँदै छौं

कतिलाई कोरोनाको कारण भएको लकडाउनले खुसी साट्ने मौका पनि दिएको होला! कति हुनेखाने मोज गरेर बसेका होलान्! तर यो लकडाउनले पनि कति परिवारलाई दुखमा पारेको होला ? कतिको घरमा त खानसम्म धौधौ बनाको होला! जो दुई छाक टार्न बिहानबाट साँझसम्म बनी गर्थे।

पैसा

त्यतिबेला बेलायत कोरोनाले आक्रान्तै थियो । टेकबहादुरलाई पनि कोरोनाले समात्यो । आफन्तले तुरुन्तै हस्पिटल पनि लगे तर उनी बाँच्न सफल भएनन्। त्यसको पाँच दिनपछि जहाजबाट लाशको बाकस घरमा आइपुग्यो। पैसाका घमन्डले अनाहकमा ज्यान गुमाउनुपरेकोमा श्रीमती तथा परिवारलाई पछुतो भयो । ल्याइएको लाशको पनि कोरोनाका डरले ठेगान लगाउन मुस्किल बन्यो।

सबैकी आमा देउराली साइँली

आज ती आमाका छोराहरू बर्दीधारी छन् । छोराको फोटो देखाउँदै यी मेरा छोरा राष्ट्रसेवक भएर अहोरात्र खटिरहेका छन् भनी उत्तर दिने गरेकी छिन् रे। यी छोराहरूमा मेचीको पुल, सुस्ताको फाँट, कालापानीको पाखामा पसिना बगाई पाइला टेकेका छन्। जनताका लागि दैनिक पैदल गस्ती गर्छन् । सगरमाथाको हिउँमा उद्धार गर्छन्, बाढी, पहिरो महामारी, भूकम्प जस्ता कार्यमा अग्रपंक्तिमा काम गर्छन्।

आमा

भनाभन चर्कियो । आफ्नै अघिल्तिर छोराहरूको युद्ध हेर्न उनलाई गाह्रो भयो । दुवै छोरालाई ओछयानबाट इसारा गरेर छेउमा बोलाइन् । दाइभाइलाई सम्झाउँदै उनले भनिन्, ‘तिमी दाइभाइको पीडाले एकअर्कालाई नछोला । तर, मलाई तिमीहरू दुवैको पीडाले मुटु दुख्छ किनभने म तिमीहरूकी आमा हुँ।’

दिलभित्र सजाएर राखेको छु तिमीलाई

दिलभित्र सजाएर राखेको छु तिमीलाई, खुशी मिलोस् देउता भाकेको छु तिमीलाई। चोखमाया जोख्ने तुलो हुन्न व्यापार जस्तो मुटुसँग आफ्नै भनी साटेको छु तिमीलाई।

यात्रामा

यात्रामा कोही वायु वेगमा दौडिन्छन् र गन्तव्य नभेटेरैअलपत्र कोही पर्छन् शंखेकीराझैं घस्रिँदाघस्रिँदै गन्तव्यमा नपुग्दै यात्रा विसर्जन गर्छन्।

आमा

“बाबु, तिम्रा ज्ञानेन्द्रिय र कर्मइन्द्रियलाई पश्चिमी संस्कृति र आधुनिकताले ढाकेको छ। संस्कृति त आमा हुन्। आमाको बाहिरी स्वरूपलाई सिर्जनात्मक बनाउन सकिन्छ तर तिमीले आमा नै अदलबदल गर्दै छौ । ठिक छ मलाई पनि लगेर जलाइदेऊ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्