१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

साथको बदलामा पनि लात छ यहाँ

साथको बदलामा पनि लात छ यहाँ, जता हेरयो उतै विश्वासघात छ यहाँ। कसैका सामु धुरुधुरु नरुनु होला, आँसुमा अवसर खोज्ने जमात छ यहाँ।

सत्ता र शक्तिको आडमा जेजे गरे पनि हुने

राष्ट्र जोगाउने देश बचाउने नारा व्यापक लगाउने, भेडा बनाई नेपाली जनतालाई उल्लु बनाउने। जनतालाई यो गर्छु त्यो गर्छु भनी लोभ देखाउने,चुनाव जितेर कुर्सीमा बसेपछि ती सबै कुरा बिर्सने। भाषणमा मात्रै स्विजरल्यान्ड बनाउँछौ देशलाई,भनेको काम जनताले खोज्दा देखाउँछौ अर्को पटकलाई।

शरणार्थी प्रेम

प्रिय सानू , हजामले कपाल छाँटेजस्तो भएर मात्रै प्रेम साकार हुने भए म चूपचाप स्वर्गको अप्सराभन्दा बढी मादकतामा उनीहरूको मुटु जलाइरहेको हुने थिए !

मेरो जमिन

जमिनमा झुकें स्पर्श गरे एक मुठी माटो हातमा लिएँ बिस्तारै सुघें छातीमा टाँसें नेपाली हुनुको करेन्ट शरीरभरि मनभरि झनक्क झन्किइरह्यो ।

भित्री आँखा

एक दिनको कुरा हो, म पनि आफ्नो अफिस जादै थिएँ अल्लि हतारमै थिएँ म। उताबाट दिपक आउँदै गरेको नदेखेको पनि होइन मैले । फटाफट जेब्रा क्रसिङमा बाटो काट्दै थिएँ , पछाडिबाट नमस्कार प्रकाशजी! देख्नुभएन कि कसो? सन्चै हुनुहुन्छ ? परिचित आवाज लाग्यो मलाई र झसङ्ग हुँदै पछाडि फर्के । दिपक छडी लिएर प्रसन्न मुद्रामा मसंग बोल्दै थिए।

गिद्ध रेस्टुरेन्ट

–हेर, हामी फोहोर, सडेगलेको सिनो खान्छौं । त्यसले गर्दा वातावरण फोहोर हुन पाउँदैन । हामी भएनौँ भने त्यस्तो सडेगलेको सिनो खाने जीव हुँदैन । वातावरणीय सन्तुलन बिग्रन्छ । मानिसहरू बिरामी पर्छन् । त्यसैले हामीलाई प्राकृतिक कुचीकार पनि भन्छन् नि । पहिले मानिसहरू सर्पलाई देख्नेबित्तिकै मारिहाल्थे । नबुझ्नेहरू त अहिले पनि मार्छन् । तर, अहिले सर्पलाई मार्न हुन्न भन्न थालेका छन् । सर्पले पनि दूषित हावा आफूले लिएर वातावरणलाई सफा बनाउँछन् रे !

ह्याप्पी होली

दिलमायाको कपाल र अनुहारभरि विभिन्न रङका फूलहरू टाँसिएको देख्दा उनीहरू सुरुमा त खुब हाँसे दिलमायालाई देखेर । तर, आफूसित होली खेल्ने रङ नभएर दुखित भएकी दिलमायाले फूलहरुको प्रयोगबाट रङ बनाएर होली खेल्न आँटेको दिलमायाको होलीको नौलो तरिका देखेर जोगिन्दर साहु दिलमायासित निकै खुसी हुनुभयो ।

जीव वैज्ञानिक जादुगर

भर्खर मनसुन सकिएको थियो । तर बेमौसमे झरीले बिदा भएको मनसुनलाई गिज्याइरहेझैं लाग्थ्यो । फुङिलङ बजारको गाईजात्रामा बाक्लै मानिस भेला भएका थिए। गुरुङ्सेनी दिदीहरूका ऐतिहासिक नाचले झमझमे झरीलाई भुलाइरहेको थियो। अगेनुमा आगो ताप्दै तुङ्माका चुस्कीमा नाच हेर्दै मध्यरात बितेको थाहै भएन। बुरुङखिम जाने लिम्बू परिवारसंगै यात्रा गर्न थाले उनी । आफू विद्यावारिधिको क्रममा यस क्षेत्रका उभयचर र सरिसृप वर्गका जीवहरू खोजीको क्रममा आएको भन्ने तिनको कुरा संगै हिँड्ने रामकुमार लिम्बूले चाखपूर्वक सुनिरहेका थिए।

झुपडीको आयतन

यो झुपडी मेरो संसार हो तर, यहाँ म नितान्त एक्लै छु मेरो सपनाको आकाश यहीँ छ मेरो रहरको प्रकाश यहीँ छ मेरो आयुको इन्द्रेनी यहीँ छ। यो सानो झुपडीभित्र साँच्चै विशाल ब्राह्मण छ। प्रिय देव! तिमी आउनु यो झुपडीमा यहाँ, मात्रै तिमीलाई स्वागत छ।

मौनता

पराईको सेवा नैं तिम्रो धर्म हो तिम्रो सम्पत्ति पराईको खुसी हो ! यो त हाम्रो संस्कार हो देवताको पालादेखि चलेको तिमीले स्वीकार्नुपर्छ जसरी पार्वती, सीता कुन्ती र द्रौपदी , भृकुटी आदिले पालन गर्दै आए तिमी त एक नेपाली नारी ! बाको उत्तरले रनभुल्ल परेकी उसले बाआमाबाट सोचेजस्तो जवाफ नपाएपछि हजुरहरूलाइ एक प्रश्न गरेकी छे ! के नेपाली नारीको जीवन सधैं मौनतामा शुरू भएर मौनतामै समाप्त हुनुपर्छ !

बालविधवा

अहिलेजस्तो त्यो बेला विधवा महिला बिहे गर्ने मान्छे भेटिदैन थियो । आफू विधुर भए पनि पाएसम्म दोस्रो बिहे गर्न पनि कुमारी केटी नै खोज्ने चलन थियो ।

कलुवाको होली

कलुवा गयो बजारतिर मजदुरी गर्न। भाग्यले भनौ उसले काम पायो ज्यालादारीमा काम सकेपछि साहुसंग पैसा लिएर, केटाकेटीका लागि पिचकारी, अबिर र रंग सबै किन्यो । अलि पैसा बचायो। पैसा लिएर घर पुगेपछि आफ्नो जहानलाई भन्यो– ये तिलकिया आज अच्छा से काम दाम मिलल ।

चिया गफ

बाजे अलि आक्रोशित भावभङ्गीमा बोले – यो पुसमाघको जाडोमा माइतीघर मण्डलामा उखु किसानहरूले बगाएको आँसु यो चिनीमा मिसिएको रहेछ । चिया पनि नुनिलो लाग्न थाल्यो । त्यसपछि चिया पिउन छोडें !

मुस्कान

विकल खङ्ग्रङ्ङ भएर आमाका मुखमा हेरिरहे। एकछिनको मौनतापछि उनले मुख उघारे– हिजो राति मामुलाई ड्याडीले कुट्नुभएको रहेछ । मेरो पालो पनि मोबाइलले भिडियो खिचिदिएँ । अब बाबालाई पनि गोदिदिन्छु । बालसुलभ शैलीमा बोले विकल ।

रुझेका आँखा

साँझमा विष्णुमायाको गेटमा एउटा ट्याक्टर आएर अडियो । छिनभरमै सरसामान भरेर हरिलालका परिवार घर छोडेर हिँडे । हरिलालले आमालाई गयौँ पनि भनेनन्। विष्णुमाया रुझेका आँखाले ट्याक्टर गएको बाटो देखुन्जेल हेरिरहिन् ।उनका आँखा कहिल्यै ओभाएनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्