१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भित्री आँखा

लघुकथा

ब्रेल लिपिबाटै शिक्षा विषयमा एमएड गरेका दिपक काठमाडौं थापाथलीको एक विद्यालयमा अङ्ग्रेजी पढाउँथे ।

स्मरण शक्ति तेज थियो उनको । एकपटक बोलेको मान्छे पछि भेट हुँदा सुँघेरै ठम्याउँथे। बोल्न कसैले सक्दैनथ्यो उनीसँग। विचारले मै हुँ भन्नेलाई पनि पछार्थे। 

एक दिनको कुरा हो, म पनि आफ्नो अफिस जादै थिएँ अल्लि हतारमै थिएँ म। उताबाट दिपक आउँदै गरेको नदेखेको पनि होइन मैले । फटाफट जेब्रा क्रसिङमा बाटो काट्दै थिएँ , पछाडिबाट नमस्कार प्रकाशजी! देख्नुभएन कि कसो? सन्चै हुनुहुन्छ ? परिचित आवाज लाग्यो मलाई र झसङ्ग हुँदै पछाडि फर्के । दिपक  छडी लिएर प्रसन्न मुद्रामा मसंग बोल्दै थिए।

कताकता हीनताबोध भयो , आफ्नै नामले गिज्यायो मलाई र  भिडमा मेरो स्वरलाई चिन्न सकेको  दिपकको हात समाउन पुगे। उसको सेतो छडी  अगाडि  मेरो मन र आँखा भने लाजले निहुरिरहेको छ।

प्रकाशित: १८ चैत्र २०७७ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App