कलुवा कुनै नौलो अपरिचित मान्छे होइन, हाम्रै मधेसतिर जन्मेहुर्केको मान्छे हो ऊ।
ऊ बेलाबखत हामीसंग बोल्दा मातृभाषा नेपाली बोल्ने गर्दथ्यो। उसको छोराछोरी पनि गाउँ समाजका मान्छेहरूसंग बोल्दा मातृभाषा नेपाली नै बोल्ने गर्दथे। तर, आफ्नो घरमा चाहिँ सबैले बुझ्ने भाषा मधेशी भाषा प्रयोग गर्थे। यो उनीहरूको स्वतन्त्रता भाषा थियो।
कलुवाको जहानले भनी कलुवालाई– हे मरद काइल खुना होली ह, ध्यापुता सबके रंग पिचकारी किनके आब, आई काम हौते नै हौते केनाके होली मनबे ?
कलुवा भन्छ फेरि आफ्नै जहानलाई उही भाषामा– तु चिन्ता न करी हम कौनेसे कमाके यी सालके होली मनेबे।
कलुवा गयो बजारतिर मजदुरी गर्न। भाग्यले भनौ उसले काम पायो ज्यालादारीमा काम सकेपछि साहुसंग पैसा लिएर, केटाकेटीका लागि पिचकारी, अबिर र रंग सबै किन्यो । अलि पैसा बचायो। पैसा लिएर घर पुगेपछि आफ्नो जहानलाई भन्यो– ये तिलकिया आज अच्छा से काम दाम मिलल ।
– ध्यापुता सबके रंग पिचकारी सब किन लिए, काइल खुना मासुओ आनब, अच्छा से यी साल होली मनबे हम सब।
– तिलकिया, तु खुश छि न ?
तिलकिया भन्छिन् – हम खुश छिअ।
कलुवाले आफ्नो जहानलाई फेरि भनेछ– हे तिलकिया अब काइल खुनादेखि कलुवाके होली।
प्रकाशित: १६ चैत्र २०७७ ११:११ सोमबार