६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारी अस्पतालमा छड्के, ३१ डाक्टर गयल

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रसाशनले मंगलवार छड्के जाँच गर्दा ५३ मध्ये ३१ डाक्टरहरु अनुपस्थित देखिए।

अदालतकै आँगनमा प्रहरीले महिला कुट्यो, जिल्ला अस्पतालमा उपचार हुँदै

रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।

अस्पतालमा प्रसूति गराए ५ हजार भत्ता पाइने

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ। गाउँपालिकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएबापत थप प्रोत्साहन भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो।

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो।

सप्तरीका अस्पतालमा औषधी अभाव

सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ।  दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।

जाजरकोट अस्पतालमा औषधीको अभाव

चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको छ। जिल्ला अस्पतालमा औषधी अभाव भएपछि विरामीहरुले पाउने निशुल्क औषधी पाउन छोडेका छन्।

अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

एक वर्षअघि जिल्ला अस्पतालमा एमडिजिपी विशेषज्ञ नियुक्ति भएपछि मुगाली जनता निकै खुसी भएका थिए । तर उनीहरुको खुसी धेरै लामो समयसम्म टिकेन । गत कात्तिक २७ गते एमडिजिपी विशेषज्ञ डा. जितेन्द्र कँडेलले जिल्ला छोडेर गएपछि जिल्ला अस्पताल पुरानै अवस्थामा फर्किएको छ । त्यसपछि मुगाली जनता फेरि चिकित्सक अभावमा छन् ।

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ।  मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन्।

गगन थापाको चुनाबी अभियानमा बम अाक्रमण : घाइतेको अवस्था बुझ्न शिक्षण अस्पतालमा शुभेच्छुकको भिड (फोटो)

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापा बम आक्रमणमा घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। बुढानिलकण्ठ नगरपालिका(२ चपलीको माटो कोलनीमा चुनाबी अभियानका क्रममा उनीमाथि सोमबार आक्रमण भएको हो। घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन्।

बम अाक्रमणमा घाइते हुनेको संख्या ११ पुग्यो, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो।

अस्पतालमा मौसमी फ्लुका बिरामी

जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी)देखा परेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए ।

प्रधानमन्त्री देउवा निधिको स्वास्थ्य बुझ्न ओम अस्पतालमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्