स्वार्थबिना आफ्नो सन्तान पनि आफ्नो हुन्न यहाँ
स्वार्थबिना आफ्नो सन्तान पनि आफ्नो हुन्न यहाँ,पानीजस्तै तल बग्ने हो माया पछाडिकालाई छुन्न यहाँ। माया नभए पनि थोरै मानवीय संवेदना भए हुन्थ्यो,सिर्फ आफ्नोमा मात्र हो,अर्काको पीडामा कोही रुन्न यहाँ।
स्वार्थबिना आफ्नो सन्तान पनि आफ्नो हुन्न यहाँ,पानीजस्तै तल बग्ने हो माया पछाडिकालाई छुन्न यहाँ। माया नभए पनि थोरै मानवीय संवेदना भए हुन्थ्यो,सिर्फ आफ्नोमा मात्र हो,अर्काको पीडामा कोही रुन्न यहाँ।
उरुङ बनाई पातको मरयाकमुरुक मिचेर आँख्ला डाँठ निकाली सिलौटामा थिचेर हत्केलामा फिँजाई सुत्ने बेला रातमा तिउरी लाइदिन् आमाले दाहिने हातमा।
पानी पर्न रोकियो। घमाइला दिन आए। वरिपरि रुख रोपिएको स्कुल, चौतारी, देउराली गाउँ, लालीखर्क जोगिएको देखियो। बायो इन्जिनियरिङको प्रयोगको उपल्ब्धि भेटियो। कङ्क्रिटको भित्तोभन्दा बाँस र काँसले ढाकेको पहरो जोगिएको सबैले देखे।
आधुनिक दासताका अनेक कथा सुन्नु थियो मलाई । दासता र दासता विरोधी गतिविधिका कथालाई पुस्तकमा लिपिबद्ध पनि गर्नु थियो। यही उद्देश्यले भट्टामा सागरका कथा सुनेपछि दासताको जन्जिरबाट उम्किएकाहरूको खोजी गर्न घर घर गएको थिएँ। बस्तीबस्ती धाएको थिएँ। जिल्ला –जिल्ला डुलेको थिएँ।
फ्रान्समा महिनावारीका बेला ‘मेयोनेस सस’ बनाउनु हुँदैन, बनाए त्यो जम्छ भन्ने विश्वास गर्दा रहेछन्। बेलायतमा बाथ टबको तातोपानीमा डुबेर नुहाउनु नहुने मान्यता छ। पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा सम्भोग गरे सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुँदैन, गए जंगली जनावरले रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्ने विश्वास गर्दा रहेछन्।
बाथरुमबाट मसिनो नारी आवाज आयो, कसको आवाज हो र के भनेको भन्ने बुझिएन। अचानक याद आइन्, मायुसान। मलाई अफिसमा जिस्काइरहने उनै थिइन्। कैयौँपटक उनैले भनेकी थिइन्- जाउँ आज मेरोमा र कैयौँपटक भन्थिन्। म पनि तिम्रोमा जान्छु नि आज। अब चाहिँ म शतप्रतिशत मायुसानकोमा छु भन्ने लाग्यो। लगत्तै मनमा चिसो पस्यो। दुई वर्षअगाडि आफ्नै साथीसँग घटेको घटना आँखै अगाडि आयो। मन झनै डरायो।
बिहान उठी हात र मुख पहिले धुन्छु म,आँगनीबिच गएर उफ्री व्यायाम गर्छु म। घामको ज्योति जिउमा पारी ढोग्दछु सूर्य म, घामझैँ चम्कूँ, उज्यालो छरूँ, पृथ्वी ढोग्छु म। चिया र नास्ता खाएर केही किताब पढ्छु म, किताब, कापी कलम, खाजा झोलामा राख्छु म।
मेरो सानो घरमा छ सानै फुलबारी,त्यहाँ घुम्छन् सानासाना राम्रा पुतली। रङ्गीचङ्गी फुलेका छन् फूल थरिथरि, गीत गाउँछन् बिहानै फूलबारीमा चरी।
स्थानीय सरोकारवालाको कुरा सुनिरहेको पिटी ठेकेदार सेवकरामले बोल्यो– ‘कसरी गुणस्तरीय काम गर्न सकिन्छ त, दश ठाउँमा नजराना चढाएर बल्लबल्ल ठेक्का हात पारिएको छ। नौ करोडको ठेक्कालाई ६ करोडमा जिम्मा लिएपछि कसरी राम्रो काम हुन्छ?’
जन्मेपछि बढ्दै जाने अमूल्य त्यो क्षण,पाँच वर्षमुनिको त्यो कौतुहलित मन। अबोधपन् सँगै मनभरि कति धेरै प्रश्न,जो कोहीलाई धौधौ पर्छ तिमीसामु बस्न। निस्वार्थ छौ, अनजान छौ, उत्सुकता कति,डर छैन रत्तिभर हुन्छ कि क्यै क्षति।बदमासीको सीमै छैन तोडफोड कतिकति, त्यो देख्दा नि अभिभावक खुसी हुने अति।
झ्याउरे गीत गाएर लौन खै त नाचेको लाज मान्नु हुन्न नि हरे किन हाँसेको नाचनाच साथी हो यस्तै खेल्नु जाति हो साँझ पर्न लाग्यो नि सूर्य टाढा भाग्यो नि पञ्चै बाजा बजाई दुलहै नानी लजाई अन्माएर दुलही घर फर्कों साथी हो यस्तै भोलि खेल्ने हो, अहिलेचाहिं राति भो, यस्तै खेल्नु जाति हो, भोलि भेटौं साथी हो।
पखेटाभरि पोतिएको रंग क्यानभासमा पोखिनुअघि नै पोखिएको हुनुपर्छ चित्रकारको मगजमा। सजाइएको हुनुपर्छ उसले अत्यन्तै मीठो भोजनको अन्तिम गाँसको जस्तै मीठास।