२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

महाप्रस्थान

कविता

रमेशचन्द्र अधिकारी 

 

अण्डाबाट जन्मिएर झुसिल्किरो

पुतली भई मर्दछ।

पलाइसकेको हुन्छ उसको शरीरमा  

सन्यास लिन ठिक्क परेका  

पुष्पक विमानका जस्तै लाग्ने पखेटाहरू।

पखेटाभरि पोतिएको रंग  

क्यानभासमा पोखिनुअघि नै  

पोखिएको हुनुपर्छ  

चित्रकारको मगजमा।

सजाइएको हुनुपर्छ उसले

अत्यन्तै मीठो भोजनको  

अन्तिम गाँसको जस्तै मीठास।

जीवनको पहिलो चौथाई अण्डावस्था,

दोस्रो लार्भावस्था,

तेस्रो प्यूपावस्थापछि  

अन्तिम चौथाई जीवन बाँचिरहेको छ।

ब्र्रम्हचर्य, गृहस्थ, वानप्रस्थपश्चात् नै ऊ पुतली बनेको हो,

बत्तीको पुतली,

र बत्ती निभ्नुअघि नै  

उसले महाप्रस्थान गरिसक्नेछ।

प्रकाशित: १ श्रावण २०७८ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App