२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बालकको मुहारमा भगवानको दर्शन

कविता

कमला  घिमिरे

 

जन्मेपछि बढ्दै जाने अमूल्य त्यो क्षण,

पाँच वर्षमुनिको त्यो कौतुहलित मन।

 

अबोधपन् सँगै मनभरि कति धेरै प्रश्न,

जो कोहीलाई धौधौ पर्छ तिमीसामु बस्न।

 

निस्वार्थ छौ, अनजान छौ, उत्सुकता कति,

डर छैन रत्तिभर हुन्छ कि क्यै क्षति।

 

बदमासीको सीमै छैन तोडफोड कतिकति,

त्यो देख्दा नि अभिभावक खुसी हुने अति।

 

जादुटुना लुकेको छ तिम्रो मुस्कानमा,

तिम्रै कारण मिठो माया बस्यो परिवारमा।

 

छलकपट नभएको निश्चल, निर्मल मन,

त्यै मुहारमा पाउन सक्छौं भगवानको दर्शन।

 

त्यसैले,बालमैत्री  बातावरण  दिनुस् यथासक्य

बाबाआमाको सपना साकार हुनेछ अवश्य।

प्रकाशित: १ श्रावण २०७८ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App