१५ मंसिर २०८१ शनिबार
image/svg+xml

लक्ष्मी पोखरेलभित्रकी लक्ष्मी

यो पुस्तकभित्र मैले लक्ष्मी भित्रको अर्को लक्ष्मी पाएकी छु । नाम लक्ष्मी राख्दैमा लक्ष्मी हुन सकिँदैन। अरबौको मालिकको नाम गरिबनाथ र धनेले बाटोमा भिख मागेको पनि देखिन्छ तर यहाँ नाम अनुरूपकी लक्ष्मीसँग साक्षात्कार भएको छ।

काँडैमा छ मीठो

यो यात्रा स्वीकार्य छ मलाई मोड्न सकिँदैन, जीवन आफूमा निर्भर छ मोडन सकिँदैन।मलाई यात्रा काँडैमा छ मीठो फूलै त चाहिन्न, जो गन्तव्य ठिक छ मलाई जूनै त चाहिन्न।

फुल्नू सधैंभरि

काठमाडौं शहरमा मेरो जन्म घर,वाग्मतीको अल्लि तल बाटोभन्दा पर। सात वर्ष पुगीवरी आठ वर्ष लाग्दा, गुनिउँ र चोलो पाएँ निदाएर जाग्दा। उठ छोरी मुख धुन आज जन्म बार,घरैभरि पाहुना छन् गर नमस्कार। भन्नुभयो मेरी आमा केश सजाएर,चट्ट परी बस अब टिकी लगाएर।

हाँस्न सिक्नुपर्छ पीडा लुकाएर पनि

गरेर त्यसै मरिहत्ते कहाँ हुन्छ र,भन्ना साथ सबै फत्ते कहाँ हुन्छ र। हाँस्न सिक्नुपर्छ पीडा लुकाएर पनि, हाँसो पनि सधैं सत्ते कहाँ हुन्छ र।

बोल्न दिनुपर्छ, बोल्दैमा के फरक पर्छ?

बोल्न दिनुपर्छ, बोल्दैमा के फरक पर्छ? दुश्मनको मुटु, पोल्दैमा के फरक पर्छ? कहिले पो अमृत थियो,दक्षिण कुण्डमा? त्यस्मा थोरै विष,घोल्दैमा के फरक पर्छ?

कोपिला भोलि फूल हुन्छ

कोपिला भोलि फूल हुन्छ, प्रकृतिझैँ सुन्दर हुन्छ। चिने त्यो रूप रंग उस्को, स्वर्गतुल्य संसार हुन्छ। सबै समान उस्ले मान्दछ, कर्म नै सच्चा उस्ले ठान्दछ।

लगानी

एक महिनापछि ससुरालीबाट एकाबिहानै फोन आयो। उसले हत्तपत्त आफैं सुरु गर्यो , “नमस्ते, म हजुरलाई फोन गर्नै आटेको थिएँ बुवा। हिजै मैले जग्गाधनीको एकाउन्टमा रहल पैसा पनि हालिदिएँ।”उताबाट जवाफ आयो, “हैन ज्वाइँ, त्यो जग्गाधनीको त हिजो रातिदेखि नै अत्तोपतो छैन। त्यही जग्गा देखाएर अरू दुईचार जनाबाट पनि धेरै रकम लिइसकेको रहेछ।

बन्दुकको गोली हो कि जीवन

बन्दुकको गोली हो कि जीवन, बगी जाने खोली हो कि जीवन। कुशल ढंगले सजाइएको त्यो, फूलको डोली हो कि जीवन। विवशतामा सडकमाझ हिँड्ने, भिखारीको झोली होकि जीवन।

२०८ औं भानु जयन्ती काव्य गोष्ठी सम्पन्न

काव्य गोष्ठीमा झण्डै तीन दर्जन स्रस्टाले भानुसम्बन्धी सिर्जना र रामायणको विभिन्न काण्डबाट श्लोकहरु वाचन गरेका थिए। तीन घण्टासम्म चलेको उक्त कार्यक्रमको प्रमुख आथित्य डा. बमबहादुर जिताली रहेका थिए।

आनन्द

“कस्को पिताम् पुग्ने? धेरैले कोशिस गरिसकेका छन्, तर क्षणिक नियन्त्रण बाहेक अरु उपलब्धि कसैले प्राप्त गर्न सकेका छैनन्। ऋषि–मुनिहरूलाई पनि गुहारें। उनीहरुले उसको खोजीमा बन–पाखा चाहारे। केहि नलागेपछि घुर्क्याएर अनशन पनि बसे। तर आजसम्म उसलाई पूर्ण रुपले कसैले पनि अठ्याउन सकेको छैन।”

गोटी

’अब यस राजनीतिबाट बाहिर निस्किन पनि सकिँदैन। यसैमा बसेर रमाउन पनि सकिँदैन। त्यसैले तँलाई मैले उतै बस्, यता के आउँछस् भनेको पनि थिएँ तर तैँले मानिनस् ।’ बाबुको गला पनि भरिएको थियो।

यथार्थता

जुन पदमा रहोस् उसँग हुने मोहका घरहरू अनगिन्ति। तर पनि स्वच्छ पर्खालरहित उकुसमुकुस छन् मन्दी ।। जातिय विभेद र अहम्ताको कालो बादलहरू वरिपरी। त्यसैले त मानव जाति हामी सदैव हुने समयको बन्दी ।।

कोरोनाको त्रास

हाम्रै लापरबाहीले सबैतिर बढ्दै छ यसको रूप एउटा भेरिएन्ट गएपश्चात् लिएर आउँछ अर्को स्वरूप सुरक्षाविधि नअपनाए समाप्त हुन्छ हाम्रो अस्तित्व त्यतिबेला मात्र बुझिन्छ अमूल्य जीवनको महत्त्व ।

आउ खेलौं साथी

मौरीजस्तै फुरुरु, उड्ने हो कि भुरुरु ? कमिलाको ताँतीझैं हिँड्ने हो कि लुरुरु ? जन्ती बनी खेल्ने कि ? जनावर पो बन्ने कि ? खोलानाला बनाई , ईनार पो खन्ने कि? घर जाने बेला भो, देखिएछ जुनकिरी, साँझ परिसकेछ, कराएछ झ्याउँकिरी।

लाकोजूका तीन बालकविता

मान्छेका हुल भए कमिलाको ताँती नखेलाऊ है मनमा कुरा नानाभाँती। सिपाहींको फौज हुन्छ भेडाको बथान भेदभाव हटाई हामीले गर्नुछ उत्थान।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्