२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कोपिला भोलि फूल हुन्छ

बालकविता

प्रकाश खड्का ‘अभियान’

 

कोपिला भोलि फूल हुन्छ ,

प्रकृतिझैँ सुन्दर हुन्छ।

चिने त्यो रूप रंग उस्को,

स्वर्गतुल्य संसार हुन्छ।  

सबै समान उस्ले मान्दछ,  

कर्म नै सच्चा उस्ले ठान्दछ।

 

आमा र बाबामा कैले ऊ,  

भेदभाव कत्ति गर्दैन।

ठुलाठालुजस्तो स्वार्थमा  

समाजमा द्वन्द्व छेड्दैन।

मिलेर बस्न रुचाउँछ,

बिहानीजस्तै उदाउँछ।  

 

पानीको जात निर्मल त्यो,

मिलाए रंग फरक त्यो।

ढंग नमिले विष बन्यो,  

मिले मात्रा अमृत जन्यो।

तरल त्यो लिन्छ आकार,  

जस्तो भाँडो त्यस्तै प्रकार।

  – भक्तपुर, हाल बोस्टन।

प्रकाशित: ३१ असार २०७८ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App